काठमाडौ ।
साहित्यकार शान्ती शर्माको ‘आँखाबाट आँखाहरु हराएको धेरै भो,आँगनीमा चराहरु नआएको धेरै भो’ बोलको गीत सार्वजनिक गरिएको छ ।
शान्ती शर्माको रचनामा रहेको उक्त गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन भने भिडियोको निर्देशन मनोज चौहान मगरले गरेका छन् । गीतलाई म्युजिक स्टार युट्युव च्यानल मार्फत दर्शक स्रोता माँझ ल्याइएको छ ।