Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

परदेशबाट आएर म्युजिक भिडियोमा भिम

               
काठमाडौ ।   पूर्वाञ्चलको ताप्लेजुङमा जन्मेका भीम तुम्बाहाङ्फे स्कुल लेवल देखि  नै अभिनयमा सक्रिय हुन चाहान्थे तर उनले यो अवसर पाएका थिएनन् ।  तर हालै एक म्युजिक भिडियोमा मार्फत आफुलाई अभिनयमा आएका छन् ।
                                 निर्मल सुब्बा र गायिका लक्ष्मी योङहाङद्वारा गाइएको लिम्बू भाषाको गीतको म्युजिक भिडियोमा मोडलिङ गरेर कलाकार भीम तुम्बाहाङ्फेले आफ्नो अभिनय यात्रा शुरुवात  गरेका छन् ।
‘चासोक तङनाम पेगिरो’ बोलको गीतमा शब्द हर्क योङहाङ र संगीत अशोक लोहरुङ राईको रहेको छ ।                                                                       भिडियोमा भीम तुम्बाहाङ्फेलाई गायिका लक्ष्मी योङहाङ र शैलेन्द्र थेबे आदिले अभिनयमा साथ दिएका छन् । लिम्बु भाषाको म्युजिक भिडियो भएकोले नृत्य निर्देशन अरुणपूर्व केलाङ समूह र याक्थुङ हाक्पारे पालाम सयङले गरेको हो । भेषभुषा सिक्वेन्स फेसन हाउसले संयोजन गरेको भिडियोलाई  फुर्तिला युवा निर्देशक लोकेन साँवाले निर्देशन गरेका छन् । हङकङ, जोर्ड्नमा रहँदै आएका कलाकार भीम तुम्बाहाङ्फे भाषिक भिडियोमामात्र होईन सबै खाले भाषा, भाषीको म्युजिक भिडियो होस् वा चलचित्रमा अभिनय गर्ने मनसाय राखेका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget