Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

चितवनमा भाइरलका बिरामीको चाप ।

             
चितवन  । चितवनका स्वास्थ्य संस्थाहरुमा पछिल्लो समय भाइरल ज्वरोका बिरामीको चाप एक्कासी बढेको छ । भरतपुर अस्पतालमा बिरामीको चाप बढेसँगै बेडको अभावमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको छ। अस्पतालको ओपिडीमा अहिले भाइरल ज्वरोका दैनिक दुई सय जना बिरामी आउने गरेका फिजिसियन डा. भोजराज अधिकारीले जानकारी दिए।
   इमरजेन्सी वार्डमा पनि दैनिक २५ देखि ३० जनासम्म बिरामी आउने गरेका छन् । बिरामीको चाप अत्यधिक बढेपछि उपचार गर्न निकै कठिनाइ भएको भरतपुर अस्पतालले जनाएको छ । हरेक दिन ५० जना बिरामीलाई भुइँमा उपचार गराउनुपर्ने बाध्यता रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रुद्र मरासिनीले बताए । बच्चा वार्ड, सुत्केरी वार्ड र मेडिकल वार्डमा बिरामीहरुलाई भुइँमा राखेर उपचार गर्ने गरिएको छ । जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा पनि भाइरल ज्वरोका बिरामी आउने क्रम बढेको पाइएको छ। अस्पतालहरुको बहिरंग सेवामा आएका बिरामीमध्ये ३५ प्रतिशत भाइरल ज्वरोका बिरामी रहेको चिकित्सकहरु । जिल्ला जनस्वास्थ्य कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले अस्पतालमा अध्यधिक मात्रामा बिरामीहरु आइरहेको र तीमध्ये केहीमा स्क्रब टाइफस र केहीमा एन्फ्लुएन्जा (एएच एन) देखिएको जानकारी दिए।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget