काठमाडौं ११,भदौ । ऐतिहासिक कथामा आधारित चलचित्र “नालापानी” बन्ने भएको छ । देहरादुन स्थित नालापानी गढीमा भएको अङ्ग्रेज नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका बीर बलभद्र कुवरले लडेको ऐतिहासिक लडाईलाई आधार बनाएर चलचित्र निर्माण हुन लागेको हो ।
राजधानीमा शुक्रबार पत्रकार भेटघाट गरि चलचित्र बन्ने घोषणा गरिएको हो । नेपालीले गौरवपूर्ण अङ्ग्रेजहरुसँग लडेको युद्ध र नेपालीको बहादुरीताको २०३ वर्ष पहिलाको इतिहासलाई चलचित्रको पर्दामा देखाउन लागिएको चलचित्रका निर्माता÷निर्देशक रिमेश अधिकारीले बताए । ‘हाम्रो गौरवपूर्ण इतिहासलाई भोलीका हाम्रा पिडिहरु माझ जानकारी गराउने उद्देश्यका साथ विश्वमाझ युगौयुगसम्म पनि जिउँदो बनाई राख्ने चलचित्र निर्माणको मुख्य उद्देश्य रहेको’, अधिकारीले बताए ।
पदमाकुमारी फिल्मस् प्रा.लिको व्यानरबाट निर्माण हुन लागेको यो चलचित्रलाई मनोज शाक्यले निर्माण गर्न लागेका हुन् । पूर्व प्राचार्य रामराज कुवँर (विरबल भद्र कुवँर ः ऐतीहासीक पुस्तक)लाई आधार मानेर बनाउन लागेको यो चलचित्रमा अर्जुन जङ्गशाही, नवल खडका, मनोज शाक्य, विशाल श्रेष्ठ, दीपेन्द्र सिं दर्नाल, विकेस श्रेष्ठ, विशाल पहाडी, विष्णु मोक्तान, सञ्चारकर्मी गीता अधिकारी, सुन्दर श्रेष्ठ, ईशान बिजु, प्रनिश शाक्य, कृष्ण आचार्य, तुलसा थापा लगायतका कलाकारको अभिनय रहने जनाइएको छ ।
मनोज जोशीको व्यवस्थापन, किशोर नेपालको निर्देशन, आशिष रेग्मीको पटकथा÷संवाद, रोशन श्रेष्ठको द्वन्द्व निर्देशक, स्रमाट शाक्य कार्यकारी निर्देशक रहेने यो चलचित्रका मुख्य सह निर्देशकमा विष्णु मोक्तान, प्रभाव बासकोटा र सुरेश न्यौपाने रहेने छन् । कार्यक्रममा ऐतिहासिक चलचित्र भएकोले बजेट पनि करोडौ भन्दा माथी पुग्ने निर्माता मनोजले बताए ।