गायिका तथा मोडल ऋतु कोइरालाले तीज “नाचौ छम छम”बालेको गीत लिएर स्रोता तथा दर्शक माझ लिएर आएकी छन् । काठमाडौमा एक कार्यक्रमका बिच उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएकको छ ।
गायक प्रियजन राई र ऋतु कोईरालाले स्वरबद्ध गरेको गीतलाई शिखर गजरकोटेले लेखेका हुन् । गीतले तीजमा रमाईलो गर्नु पर्छ । भदौरे झरीको प्रवाह नगरी नाच्नु पर्छ भन्ने भाव दर्शाएको छ । यस गीतलाई प्रियजन राईले लय भरेका छन् । ऋतु कोईराला र दिपेश एस के (शक्ति) यस गीतमा अभिनय गरेका छन् भने निर्देशन मनिष कार्कीको रहेको छ । पुर्वेली जुनतारा म्युजिक प्रा.ली.ले यस गीतलार्ई बजार व्यवस्थापन गरेको छ ।