Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

म्युजिक भिडियो ‘चासोक तङनाम’ सार्वजनिक ।


 काठमाडौ । गायक निर्मल सुब्बा र गायिका लक्ष्मी योङहाङद्वारा गाइएको लिम्बु भाषाको गीतको म्युजिक भिडियो ‘चासोक तङनाम’ सार्वजनिक भएको छ ।
       रकहाउस क्याफे रातोपुलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सर्जक हर्क योङ्हाङ, याक्थुङ हाक्पारे पालाम सयङकी अध्यक्ष रुपा आङवुहाङ्को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा  फुर्तिला युवा निर्देशक लोकेन साँवाले भिडियोको बारेमा चर्चा गरेका थिए भने अन्य वक्ताले आफ्नो भाषा संस्कृतिको जगेर्णाका खातिर यसरी नै जागरुक हुनु पर्नेमा जोड दिएका थिए ।
          कलाकार भीम तुम्बाहाङ्फे, लक्ष्मी योङ्हाङ, सैलेन्द्र थेवे, निर्मल सुब्बा लगायतकाले भिडियोमा जिवन्त अभिनय गरेका छन् ,‘तरेमे चासोक तङनाम ओ चुमिरो.....’ बोलको गीतको शब्द हर्क योङहाङ र संगीत अशोक लोहरुङ राईको रहेको छ । शैलेन्द्र थेबेव्दारा सञ्चालित सो कार्यक्रममा उपस्थितहरुले लिम्बु भाषाको म्युजिक भिडियो भएकोले भिडियो उत्कृष्ट बनेको प्रतिकृया दिएका थिए । भिडियोको नृत्य निर्देशन अरुणपूर्व केलाङ समूह र याक्थुङ हाक्पारे पालाम सयङले गरेको हो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget