 |
खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करणमा बर्षकै उत्कृष्ट गीतकारको अवार्ड प्राप्त गरेपछि कलाकार सुनिल थापासंग गीतकार उप्रेती |
हेम गिरी, कोलोराडो
अमेरिकाको ओहायो राज्यमा बसोबास गरिरहेका नेपाली भाषी भूटानी गीतकार हरि उप्रेतीको लागि यो वर्ष संगीतमय अनि सम्मान र अवार्डमय रहयो ! धेरै जनालाई अमेरिकामा रहेका नेपाली भाषी भूटानी गीतकार भनेर चिनीएता पनि गीतकार उप्रेतीले जस्तो गरि सम्मान र अवार्ड प्राप्त गरेको खबर अहिलेसम्म प्रकाशन भएको छैन । गत महिना अमेरिकाको कोलोराडोमा आयोजना भएको चलचित्रकर्मीहरुको उत्कृष्ट अवार्ड समारोह खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करणमाबर्षकै उत्कृष्ट गीतकारको अवार्ड प्रदान गरिएको थियो ।
 |
गीतकार उप्रेती प्रस्तुतकर्ता भएका चलचित्र मुर्चुङ्गाको पोस्टर |
वरिष्ठ सिनेकर्मी र दर्शकको बाक्लो उपस्थिती माझ उप्रेती अवार्ड प्रदान गरिएको हो । उक्त समारोहमा नेपालबाट वरिष्ठ सिनेकर्मी कृष्ण मल्ल, सुनिल थापा, भुवन केसि, टिका पाहाडी लगायतका दर्जनौ कलाकारको उपस्थिती थियो भने अन्य देशबाट पनि त्यतिकै रुपमा उपस्थित भएका थिए । अवार्ड प्राप्त गरे पश्चात यो क्षेत्रलाई अझै मज्बुत बनाएर अघि बढ्न आफुले सक्ने योगदान पुर्याउने कुरा उप्रेतीले बताएका थिए । उक्त अवार्डले आफुलाई थप जिम्मेवारी दिएको कुरा जानकारी गराउदै सम्पूर्ण खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्मका संस्थापक र आयोजकहाँरुलाई धन्यवाद समेत प्रदान गर्नुभएको छ ।
 |
उप्रेतीले प्राप्त गरेका राष्ट्रिय सम्मान-पत्र |
त्यसैगरि गीत संगीतबाट समाजमा योगदान गरेको भन्दै नेता. प्रभुनारायण चौधरीको आठौ स्मृति दिवसको अवसरमा राष्ट्रिय सम्मान पत्र प्रदान गरेको थियो ! उप्रेती यतिमा मात्र सिमित छैन । नेपालमा राष्ट्रिय सम्मान पाउन सानो कुरा होइन, हुन त सम्मान र अवार्ड पुन आफैमा सानो कुरा होइन तर राष्ट्रिय सम्मान विशेष सम्मान हो । उप्रेती अमेरिका रहे तर, उनको भान्जाले नेपालमा उनको सम्मान पत्र ग्रहण गरेका थिए । उनी गीतकार संघ नेपालका आजीवन सदस्य हुन् । उनले सो संघको सदस्यता प्रमाण पत्र पनि प्राप्त गरेका छन् । सामाजिक कार्यसंगै गीतसंगित मार्फत समाजलाई योगदान गर्दै आएका उप्रेतीको जन्म भुटानमा भएता पनि सानै उमेरमा भाषा संस्कृतिकै कारण देश छोड्नु परेको थियो । आफ्नो भाषालाई जोगाउन उनीले नेपालमा शरणार्थी अवस्था देखिनै संघर्ष गरिरहे र अठार बर्ष पछि अमेरिकामा पुनर्वासका लागि नेपाल छोडेका उप्रेतिले भाषाका निम्ती लडिरहे । अमेरिकामा रहेर उनिले आफ्नो समाज र भाषा संस्कृतिका लागी निरन्तर आफ्ना आवज र कलामाहरु चलाईरहे । विगत एक बर्ष अगि उप्रेतिले एकल रचनामा करुणा नामक गीती एल्बम पनि प्रकाशन गरिसकेका छन् । त्यस पस्चात चलचित्र धनवान्, टिनेज्, मुर्चुङ्गा लगायत आधा दर्जन भन्दा बढी चलचित्रहरुमा गीत लेखेका छन । यस्तै कराण उप्रेतीको चर्चा अहिले जता त्यति चलिरहेको छ ।
 |
उप्रेतीको गीतकार संघ नेपालका आजीवन सदस्य पत्र |
उप्रेती नै गीतकार र प्रस्तुतकर्ता भएका नेपाली चलचित्र मुर्चुङ्गाको प्रदर्शन अगाडी नै चर्चा छ। यति भन्न सकिन्छ, अमेरिका रहेका नेपाली भाषी भूटानी गीतकारहरुमध्ये धेरै सम्मान र अवार्ड प्राप्त गर्ने गीतकार को हुन् भन्दा अरु कोहि नभई गीतकार हरि उप्रेतीको नाम आउछ !