काठमाडौं, असोज ७ । घुन्सा हेलिकप्टर दुर्घट्नामा मृत्यु भएकाहरुको सम्झनामा जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले राजधानीमा एक कार्यक्रमको आयोजना गरि एघारौंैं स्मृति सभा सम्पन्न गरेको छ । घुन्सा हेलिकप्टर दुर्घट्नामा मृत्यु भएका तत्कालीन बन राज्यमन्त्री गोपाल राई, भूगोलविद् डा. हर्क गुरुङ लगायतका स्वदेशी तथा विदेशी नागरिक सहित २४ जना वातवरणविद्को सम्झनामा उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा कोषका संरक्षक तथा समाज सेवी बालकृष्ण थापाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो भने सभापतित्व जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालका अध्यक्ष पुष्पराज पाण्डेले गरेका थिए । जलसम्पदा तथा वातावरण संरक्षण कोषले सो घुन्सा दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा काठमाडौंको रामकोटमा स्मारक सालिक पार्क निर्माण गरिरहेको छ । निर्माणाधीन स्मारकमा दुर्घटनामा ज्यान गुमाएका तत्कालीन बन राज्यमन्त्री, भूगोलविद्, बन सचिव, लगायत २४ जनाको शालिक स्थापना गरिसकिएको छ ।
कंञ्जनजंघा संरक्षण क्षेत्र आयोजनाको हस्तान्त्रण कार्यक्रमको सिलसिलामा ०६३ साल असोज ७ गते उनीहरुको श्री एयरलाइन्सको हेलिकप्टर दुर्घट्नामा परि मृत्यु भएको थियो । रामकोटमा नेपाल सरकार सहरी विकाश तथा भवन निर्माण विभागको गुरुयोजना अन्तर्गत स्मारक शालिक पार्क भित्र अन्य संरचनामा सुइमिङ पुल, चिडिया घर, राधाकृष्ण चौतारी, महादेव कुण्ड तातो चिसो हर्वल पानीको ब्यवस्था, विभिन्न रुख विरुवाको साथै पुस्तकालय, पिकनिक स्थल समेतको परियोजना निर्माण हुने कोषका अध्यक्ष पाण्डे बताउँछन् । देशको कुना कुनामा पार्क निर्माण गरि वातावरण संरक्षण गर्ने अभियान नै चलाउने कोषका अध्यक्ष पाण्डेले बताउनु भयो ।