Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

हराएका लामाको २५ वर्षपछि गायन क्षेत्रमा कम ब्याक


काठमाडौं । २५ वर्षअघि गायन क्षेत्रमा तल्लीन भएर लागेका भीमसेन लामा एकाएक हराए । उतिबेलाका चर्चित गायकहरु ओमविक्रम विष्ट, सञ्जय श्रेष्ठ, संजीव प्रधान, हरिश माथेमा र योगेश्वर अमात्यसँगै कार्यक्रमहरुमा गीत गाउँदै हिंडेका गायक लामा २५ वर्षपछि पुन गायन क्षेत्रमा फर्किएका छन् । 
लामा यति लामो समयपछि सांगीतिक क्षेत्रमा कम ब्याक भएका हुन् । विद्यार्थी हुँदा देखि नै गीत गाउँदै हिंडेका लामाको सोख चर्चित गायक बन्ने थियो । आखिर उनी गायक त बने नै तर गायन क्षेत्रबाट लामो समय हराए । अब उनले गायन क्षेत्रबाट कहिलै न भाग्ने बताए । उनी भन्छन्, “म आफ्नै कारणले गायन क्षेत्रबाट हराएँ । म २५ वर्षसम्म जागिरमा लागें अनि त्यो बीचमा फिल्म खेल्न तिर पनि लागें । तर अब म गायन क्षेत्रमै फर्किएको छु ।”   
‛मुसुक्क हाँसी दिंदा ज्यानै लुट्यो’ भन्ने बोलको गीत नै लामाले गाएको पहिलो गीत हो । जुन गीत २०४७ सालमा रेकर्ड गरिएको थियो । विश्व बल्लभको शब्दमा तयार भएको यो गीतलाई शम्भुजित बाँस्कोटाले संगीत दिएका थिए । यही गीतलाई पुन एरेन्ज गरेर लामाले नयाँ तरिकाले बजारमा ल्याउने तयारी गरेका छन् । यो गीतको म्युजिक भिडियो समेत बन्ने तयारीमा छ । निर्देशक सञ्जय पाण्डेले यो गीतको भिडियो तयार गर्दैछन् । 
लामाले २५ वर्षअघि २५ वटा गीत गाएका थिए । त्यसपछि उनको विश्राम लाग्यो । गायन क्षेत्रबाट उनी टाढिएपछि उनको करिअरको सुरुवात फिल्म क्षेत्रतर्फ गयो । उनले खेलेको पहिलो फिल्म सीमारेखा थियो । जुन फिल्म २०५३ सालमा निर्माण भएको थियो । गीत रेकर्डिङकै सिलसिलामा फिल्मको अफर आएको उनले बताए । 
‛एउटी सुन्दरी म माथि मर्छे’ र ‛पहिलो भेटमै भयो हाम्रो चिनारी’ बोलको गीत उनका त्यतिबेलाका चर्चित गीत थियो । उनका गीतहरु त्यतिबेला रेडियो नेपालबाट खुब बज्ने गरेको उनी बताउँछन् । आधुनिक र लोक पप गीत गाउन रुचाउने लामा पछिल्लो समय युवा पुस्ताहरुका लागि पनि मन पर्ने गीत लिएर आउने तयारीमा छन् । गएको वर्ष रेडियो नेपालबाट लामाले विशिष्ठ गायकको सम्मान पाएका थिए । उक्त सम्मान मिलेपछि गीत गाउन उर्जा थपिएकोले आफू अब गायन क्षेत्रलाई निरन्तरता दिन लागेको उनको भनाई छ । 
ट्राभल एजेन्सीमा जागिरे जीवन बिताईरहेका गायक लामाले ‛मुसुक्क हाँसी दिंदा ज्यानै लुट्यो’ भन्ने बोलको गीतपछि लगत्तै अर्को गीत रेकर्डिङ गरेर बजारमा ल्याउने तयारी गरेका छन् ।  

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget