सेविका जस्मिनमार्फत काँचको पर्दामा
काठमाडौं । मोडल र अभिनयमा सक्रियरुपमा आउकी इटहरीकी मोडल सेविका प्याकुरल चलचित्र ‘जस्मिन’मार्फत अभिनेत्रीमा डेब्यु गरेकी छिन् ।
छोटै समयमा आफूलाई ग्ल्यामर क्षेत्रमा स्थापित गराएकी प्याकुरेलको मोडलिङ तथा अभिनय सानैदेखिको रुची रहेको बताएकी छन् । राजधानीमा कडा प्रतिस्पर्धा भएपनि संघर्ष गर्न आफू हिक्मतका साथ लागिपरेको उनले सुनाइन् ।
सेविकाले आगामी दिनमा अभिनय र मोडलिङ दुवैलाई साथसाथै अघि बढाउने सोच लिएकी छन् । हाल छायाँकन भइरहेको ‘जस्मिन’मा व्यस्त रहेकी उनले यसै क्षेत्रमा ाफुलाई स्थापित गराउने बताइन् ।