पथरी÷हसन्दह क्रिकेट क्लब मोरङको पथरीस्थित वीरेन्द्रनगरमा जारी पूर्वाञ्चल स्तरीय सातौं वीरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भएको अन्तिम क्वाटरफाईनल खेलमा धाइजन क्रिकेट क्लब झापालाई ७ विकेटले पराजित गर्दै हसन्दहले अन्तिम चारको यात्रा तय गरेको हो ।
धाईजनले दिएको ९७ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको हसन्दहले १३ दशमलब ५ ओभरमा ३ विकेट गुमाउँदै जित हात पा¥यो । हसन्दहको जितमा गणेश महतोले अविजित ५८ रन बनाए । धाइजनका असोक सुब्बा, आर्यन यादब र असोक चौधरीले समान १÷१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धाईजनले १९ दशमलब १ ओभरमा अल आउट हुँदै ९६ रनको योगफल तयार पारेको थियो । धाइजनका लागि विकास कार्कीले २६,असोक सुब्बाले १७ र अस्विन शर्माले १४ रन बनाएका थिए । धाईजनलाई मध्यम योगफलमा समेट्न लक्ष्मण झा र गणेश महतोले समान ३÷३ विकेट लिए । खेलको म्यान अफ द म्याच हसन्दह क्रिकेट क्लबका गणेश महतो घोषित भए ।
प्रतियोगिता अन्तर्गत आइतबारबाट सेमिफाईनलका खेलहरु सुरु हुँदैछन् । शनिवार हुने पहिलो सेमिफाईनल खेलमा पथरीशनिश्चरे ११ र आयोजक वीरेन्द्रनगर क्रिकेट क्लब वीच हुनेछ ।