Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कोलोराडोमा दिपावली सांगीतिक साँझ


अमेरिकाको कोलोराडोमा रहेको कोलोराडो स्पिरिट एडल्ट्स होम कियर एंड डे कियरले सेप्टम्बर १४ तारिख शनिबार एक विशेष सांगीतिक कार्यक्रमको आयोजना गरेर बडा दशैं तथा दीपावालीको शुभकामना आदान प्रदान गरेको छ । संस्थाले आफ्नो शुभचिन्तक मित्रहरुलाई रात्री भोजको साथै सांगीतिक साझँमा सामेल गरेको थियो ।

कार्यक्रममा सहभागी कलाकार र दर्शक ( तस्बिर:-सामाजिक संजाल )
अमेरिकाको कोलोराडोमै आयोजना गरेको कार्यक्रममा स्थानीय नेपाली भाषी भूटानी अनि नेपालीहरुको सहभागिता भएको थियो । सांगीतिक साझँलाई गायक बिकाश अधिकारी , विजय अधिकारी,गायिका आकृति राई अधिकारी र अथिति गायिका  सपना श्रीले संगीतमय बनाएका थिए । उनीहरुको प्रस्तुतीमा दर्शकहरु झुमिएका थिए । कार्यक्रममा गायक गायिकासंगै सथानीय कलाकारले  समेत नृत्य  प्रस्तुत गरेका आयोजक समितिक गोविन्द गौतमले बताए । कार्यक्रममा सहभागी भएका दर्शक, शुभचिन्तकहरुलाई आयोजक समितिको  तर्फबाट मोति सिवाकोटीले धन्यवाद साथै शुभ दिपावालीको शुभकामना प्रदान गरेको थिए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget