Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अध्यक्ष लिम्बूमाथि आक्रमण, एक पक्राउ


उर्लाबारी , कात्तिक ७ ।
टाँडी युवा क्लबका अध्यक्ष महेन्द्र थेगिम लिम्बूलाई एक समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको छ ।
सोमबार बेलुका ८ बजे मिक्लाजुङ वडा नं. ६ कालिझोडामा मिक्लाजुङ–४ हात्तिमाराका मिलन श्रेष्ठ, सोही ठाउँका मदन चेम्जोङ, सन्दीप चेम्जोङसहित १२ जनाको समूहमा आएको एक झुण्डले खुकुरी, रडलगायत धारिलो हतियारको प्रयोग गरी लिम्बूलाई घाइते बनाएको हो ।
उक्त समूहले २४ बर्षका लिम्बू र सोही उमेरका सुजन लकान्द्रीलाई विना कारण धारिलो हतियार प्रयोग गरी ज्यान मार्ने नियतले उक्त घटना घटाइएको पीडित परिवारको आरोप छ । लकान्द्री सामान्य घाइते भएको जनाइएको छ । घटनामा सम्लग्नको खोजी गरी कानूनी कार्वाहीको माग गर्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिएका छन् । यसैबीच लिम्बूमाथि खुकुरी प्रहार गरेको अभियोगमा मंगलबार प्रहरीले एक युवालाई पक्राउ गरेको छ । सो अभियोगमा उर्लाबारी–७ का २५ बर्षीय मिलन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । घाइते थेगिमको टाउकोमा चोट लागेको छ । उनको उर्लाबारी–५ स्कुलडाँडास्थित अरनिको अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताएका छन् । आइतबार टाँडीमा भएको सांगितिक कार्यक्रमका युवाहरुबीच झगडा भएको थियो ।

Labels:

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget