Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

पथरीलाई हराउदै, इटहरी सेमीफाइनलमा प्रवेश



हरि कोइराला
कात्तिक ७ ।  मोरङको कानेपोखरी– ४ बयरबनमा जारी पूर्वाञ्चल स्तरीय दोस्रो बयरबन फुटसल कप २०७४ अन्तरगत मंगलबार भएको खेलमा पथरी फुटसल क्लवलाई ५–४ ले पराजित गर्दै सुनसरीको  पशुपति फुटसल क्लव विजयी भएको छ ।आजको जीत सँगै पशुपति क्लव प्रतियोगिताको अन्तिम चारमा पुगेको छ ।
   अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पशुपति फुटसल क्लवका लागि अमर मगरले खेलको ६,२७ र ३८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । त्यस्तै  दिलिप राजबंशीले उत्तरार्धको ८ र ४१ औं मिनेटमा गोल गर्दै पशुपति फुटसल क्लवलाई अन्तिम चारमा पु¥याएका थिए ।  पथरी स्पोर्टिङ क्लवका लागि साईमन लिम्बुले खेलको १२, १६ र २४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे पनि टिमलाई जिताउन सकेनन । मीन धिमालले ४९ औ मिनेटमा थप १ गोल गरेपनि पथरीको अन्तिम चारमा पुग्न उक्त गोल प्रर्याप्त भएन र पशुपति क्लव सेमीफाइनल प्रवेश ग¥यो ।  खेलको म्यान अफ द म्याच पथरी स्पोर्टिङका साईमन लिम्बु घोषित भए ।
   बुधबार मोरङ कलेक्सन र धरान फुटसल क्लव सुनसरी बीच  खेल हुनेछ ।  बयरबन युवा जमातको आयोजनामा सुरू भएको प्रतियोगिता १५ गते सम्म सञ्चालन हुने छ ।  पुर्वका ८ टिमको सहभागी रहेको प्रतियोगिताका विजयी टिमलाई ५० हजार नगद सहित ट्रफि र उप विजेता टिमलाई ३० हजार नगद सहित ट्रफि प्रदान गरिने छ ।  जनता आधारभुत बिद्यालय कानेपोखरी ४ बयरबनको खुल्ला खेल मैदानमा भइरहेको प्रतियोगितामा दर्शकको समेत उल्लेख्य उपस्थिति रहने गरेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget