Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

भागवण्डा मिलाउँदै कांग्रेस

काठमाडौं, १२ कार्तिक । नेपाली कांग्रेसले आज बेलुकासम्ममा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग सिट बाँडफाँटको टुंगो लगाउने भएको छ। कांग्रेस र राजपा– फोरम कार्यदल तहमा प्रदेश नम्बर २ मा एक क्षेत्र राप्रपालाई छोडेर बाँकी क्षेत्रमा पचासरपचास प्रतिशत भागबण्डा गर्ने गरी सहमतिको प्रयास भइरहेको छ।
प्रदेश र प्रतिनिधिसभा दुवैतर्फ पचास-पचास प्रतिशतमा सहमति गर्न कांग्रेस लचक बने पनि राजपा-फोरमले अझै त्यसमा चित्त बुझाएका छैनन्। कांग्रेस स्रोतका अनुसार धेरै कुरा मिलिसकेको र केही बाँकी रहेको भन्दै सबै विषयमा सहमति भइसकेपछि एकै पटक निर्णय सार्वजनिक गरिने बताईएको छ।
कार्यदल तहमा छलफल जारी रहँदा कांग्रेसले आफ्नोतर्फबाट उम्मेदवार चयन गर्ने कामसमेत गरिरहेको छ। केही दिनयता कांग्रेस संसदीय बोर्डको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निरन्तर बसिरहेको छ। कांग्रेसले राजपा-फोरमसँगको क्षेत्र बाँडफाँड सकिना साथ बाँकी उम्मेदवारको चयन गर्ने गरी तयारी अन्तिम चरणमा पुर्‍याएको नेताहरुले बताएका छन्।
स्रोतका अनुसार प्रतिनिधिसभातर्फ दुई राप्रपालाई ९ सिट दिने सहमति भएको छ। जसमा कमल थापा नेतृत्वको राप्रपालाई झापा, मकवानपुर र पर्साका एक/एक क्षेत्र, काठमाडौंको क्षेत्र नम्बर ९ वा ७ र बाँकेको एक गरी ५ क्षेत्र दिने सहमति भएको हो।
त्यस्तै पशुपति शमशेर राणाको राप्रपा प्रजातान्त्रिकलाई चितवन, धनकुटा, रुपन्देहीमा एक/एक र सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ दिने सहमति भइसकेको छ।w

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget