काठमाडौ । पचासको त्यो दशकमा रहरलाग्दो गायनमा रहरले प्रवेश गरेका गायक पुन्यम प्रधानको पछिल्लो गीत जले–जले म जले तिम्रो प्यारमा लोकार्पण भएको छ । चर्चित संगीतकार राजु सिंहको प्रमुख आतिथ्यता तथा संगीतकार अनिल शाहीको विशिष्ट आतिथ्यतामा गीतको पोस्टर तथा भिडियोको लोकार्पण भएको हो । नविन श्रेष्ठको शव्द तथा संगीत अनि अनिल शाहीको म्युजिक एरेञ्ज रहेको उक्त गीतको भिडियोको निर्देशन विश्व प्रधानले गरेका हुन् । भिडियोमा रिस्ता बस्नेत, निशान खत्री, सिर्जना थापा बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
जले जले म जले बोलको गीतवाट नयाँ पुस्तामाझ नयाँ परिचय कायम गर्ने गायक पुन्यमका आउनेवाला नयाँ गीतहरुमा तिम्रो आँखाको रंग, हरपल, फेरि मुटुले बोलका रहेका छन् ।