Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

२७ बर्ष पछि कृष्णको ‘रुप’

     
 काठमाडौ । प्रेममा उत्सर्ग, त्याग तथा समर्पण अनि बलिदानी सवै जायज हुन्छ । शायद यो नभएको भए प्रेमको खासै अर्थ हुंदैन । यही प्रेमको अर्थले नै प्रेमलाई महान बनाएको छ ।
      यिनै प्रेम गर्ने र प्रेममा संसार विर्सने ती प्रेमीहरुको नाममा ‘रुप’ नामक उपन्यास लोकार्पण भएको छ । २७ बर्षअगाडि ललितपुर वडा नंबर ७ पिन्छेँ टोल निवासी उपन्यासकार कृष्ण विहल महर्जनले लेखेको उपन्यास रुपको विमोचन पश्चात रुपले रुप पाएको हो ।
      काठमाडौमा आयोजित एक समारोह वीच उपन्यासकार कृष्ण विहल महर्जनको उपन्यास ‘रुप’को विमोचन भएपछि उपन्यासले आकार र जीवन्तता पाएको हो । नेपाली भाषाका प्रसिद्ध साहित्यकार तथा प्राध्यापक डा.अरुण गुप्तेव्दारा विमोचित उक्त ‘रुप’ नामक उपन्यासमा अर्को उपन्यास मेरो भावना पनि बोनसमा पढ्न पाइन्छ । एउटै पुस्तकमा दुईटा उपन्यास प्रकाशित गर्ने नौलो आयाम थप्ने कार्य उपन्यासकार महर्जनबाट भएको छ ।
     २७ बर्ष अगाडि कलेज लाइफको त्यो रहरलाग्दो साहित्यिक जोशमा लेखेको उपन्यास यति धेरै समयको अन्तरालमा प्रकाशित हुदापनि त्यतिकै बेलगाम जोश रहेको र साथमा पर्याप्त होश रहेको भनाई पनि उपन्यासकार महर्जनको रहेको छ ।
     उपन्यास ढिला प्रकाशित हुनुको पछाडि विविध कारण रहेको बताउने उपन्यासकार महर्जनको उपन्यासमा प्रेम तथा अन्तरजातिय विवाह संवन्धको विहल तथा विद्रोहको आगो रहेको छ । जुन उपन्यासभित्र एकपछि अर्को गरेर घट्ने घटनाक्रमले कौतुहलता तथा थप रहस्यता थप्दै लाने गरेको पाइएको छ । 
     रहस्य, रोमाञ्चता तथा कौतुहलताले भरिएको यो उपन्यास लेख्ने क्रममा कयन रात सपनामा उपन्यासकार महर्जनले अन्तरव्दन्द गरेका छन् । सपनामा भएको अनि गरिएको त्यो अन्तरव्दन्दतालाई विपनामा तुरुन्तै नोट गरेर लेखिहाल्ने बानीकै कारणबाट उपन्यास रुपले ‘रुप’ पाएको उपन्यासकार महर्जनको दावी रहेको छ ।
     अर्थात महर्जनको लेखनलाई सपनाले निक्कै नै सहयोग गरेको छ । प्रेम कथामा आधारित उपन्यास ‘रुप’लाई कतिले महर्जनको आत्मकथा भन्ने गरेतापनि त्यो यथार्थ भने होइन । यस उपन्यासमा उपन्यासकार महर्जनको केवल भावना रहेको उनको यथार्थ प्रेमको कुनै मिश्रण नभएको उनी आफैले भनेका छन् ।
     सुकरात, शेक्सपियर तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाका साहित्यिक कृति तथा जीवनीवाट प्रभावित बनेर कवि तथा गीतकार हुंदै उपन्यासकार बनेका महर्जनले कयन कविता तथा गीत लेखेका छन् ।
     ती कविता तथा गीतका थेली पनि प्रकाशित हुने क्रममा रहेका छन् । पाँच कृति प्रकाशनको प्रतिक्षामा छन् । वि.सं.२०४४ सालतिर आफैले लेखेको हाँस्य नाटकमा अभिनय समेत गरेका महर्जन साहित्यलाई मनको बह तथा भावना पोख्ने माध्यमका रुपमा अनेकन तरिकाले प्रयोग गर्नमा व्यस्त छन् । यसैमा महर्जन रमाइरहेका छन् । अनि विहल बनेका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget