Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

आयोजक निलोलाई पराजित गर्दै धनकुटा फाइनलमा, उपाधिका लागि धनकुटाले आयोजक रातोको सामना गर्ने



गोपाल काफ्ले
बेलबारी. ।आयोजक डाँगीहाट फुटबल क्लब नीलोलाई ४–२ ले पराजित गर्दै धनक्टाको रारा क्लव  मोरङको बेलबारी १० स्थित प्रस्तावित डाँगीहाट खेल मैदानमा जारी दोस्रो डाँगीहाट गोल्डकप २०७४ को फाइनलमा प्रबेश गरेको छ ।
झापा ११ का निराजन खड्का, संजोग राई र नाईजेरियन खेलाडी पिटर सहित  मैदान उत्रिएको आयोजकले खेलको २२ औ मिनेटमा सुरुवाती गोल खाएको थियो ।  योगेस गुरुङकोे पासमा संजोग राईले धनकुटाका लागि सुन्दर गोल गरे ।  २५ औ मिनेटमा विशाल राईको पासमा योगेस गुरुलेले गोल गर्दै धनकुटाको अग्रता  २–० बनाए । खेलको ३१ औं मिनेट  दिनेश लोक्तामको पासमा खमिर कन्दङवाले गोल गर्दै ३ गोलको धनकुटाले आयोजक बिरुद्ध दबाब कायम गरेको थियो ।

          रारा धनकुटाले एकतर्फी दबावमा राखेको आयोजकलाई दोस्रो हाफको ४९ आंै मिनेटमा योगेस गुरुङले वान भर्सेस वान बलमा गोल गर्दै ४–० को सुनिश्चित जीत तर्फ टिमलाई पु¥याए । तर  खेलको  ५५ मिनेटमा आयोजक टिमका भक्त भण्डारीको पासमा देवराज राईले १ गोल गर्दै खेलमा फर्कने सम्भावना कायम गरे ।  खेलको ७३ औ मिनेटमा बिपिन लिम्बुको पासमा आयोजकका अनिस घिमिरेले पुन गोल थपे । त्यसपछि कुनै गोल हुन सकेन खेलमा रारा धनकुटा बिजयी भयो ।
खेलको म्यान अफ द म्याच रारा धनकुटाका संजोग राई घोषित भए ।

   बुधबारहुने फाईनल खेल डि एफ सि रातो र रारा धनकुटा बीच हुनेछ । नेपाल आईस बियर, बुद्घ एयर र दिरिवर ओबरसिजको प्रायोजकमा तथा डागिहाट युथ क्लवको आयोजकमा सुरु भएको गोल्डकप बिजेताले नगद १ लाख ५१ हजार ट्रफि तथा प्रमाण पत्र र उपबिजेताले नगद १ लाख १ हजार ट्रफी तथा प्रमाण पत्र प्रप्त गर्ने छन ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget