Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

एपीएफ घर फर्कियो , आयोजक डिएफसी फाइनल प्रवेश



गोपाल काफ्ले 
पथरी
असोज २९ । मोरङको बेलबारी १० स्थित प्रस्तावित डाँगीहाट खेल मैदानमा भइरहेको दोस्रो डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आइतबार भएको खेलमा  आयोजक डिएफसि रातो बिजयी भएको छ । जितसँगै आयोजक फाइनल प्रवेश गरेको छ । 
झापाको  एपिएफ पाथीभरा गणलाई २–१ गोलले स्तब्ध बनाउँदै आयोजक विजयी भएको हो । ६ जना राष्ट्रिय खेलाडी लिएर मैदान उत्रिएको आयोजकले खेलको ३२ औं मिनेटमा बिमल घर्तीमगरको पासमा दिपक राईले सुन्दर हेड गर्दै गोल गरे । दोस्रो हाफको ६७ औ मिनेटमा बिमलकै पासमा सुजल श्रेष्ठले गोल गर्दै २ गोलको अग्रता बनाए भने ६८ औ मिनेटमा एपि एफका बुद्धिमान राईले किपर किशोर गिरिलाई बिटमार्दै गोल गरे ।
दोस्रो हाफमा निकै दबावमा राखेको आयोजकले निमै राम्रा अवसरहरु गोल गर्न बाट चुकेका थिए । बिमल घर्तिमगर, सुजल श्रेष्ठ, रजिन धिमाल, अन्नत तामाङ, प्रकाश बुढाथोकी, विशाल राई, दिपक राई सहित मैदानमा उत्रिएको आयोजकले दर्शकको साथ पाएनन । दर्शकको हुटिङ पाएको एपिएफले गोल गर्न निकै प्रायस गरेपनि गोल फर्काउन सकेनन र घर फर्किनु प¥यो ।  
खेलको म्यान अफ द म्याच आयोजकका दिपक राई घोषित भए ।
खेलमा आयोजकका  रजिन धिमाल, दिपक राई र दिनेश राजबंशीले एल्लो कार्ड पाए भने एपिएफका सुमिन आलेमगर र निशान लिम्बुले कार्ड पाए त्यस्थै एपि एफका मेनेजर नारायण थापालाई अनुसासन तोडेको भन्दै रेफ्री श्याम दनुवारले खेल मैदान बाहिर निकाले ।
   भोलिको दोस्रो सेमिफाईनल खेल डि एफ सि निलो र रारा धनकुटा बीच हुनेछ । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget