हरि कोइराला
पथरी असोज २९ । झण्डै ४० जना पत्रकार र डेढसय बढी स्थानीयको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा धेरै जसो सुक्सुकाउदै थिए । कोही भक्कानिरहेका थिए । कोही खासखुसमा थिए । मोरङको कानेपोखरी– ३ मा गत असोज ४ गते बिहान भएको आगोलागिमा परी मारिएका ४ जनाका आफन्तहरूले घटना भबितब्य नभएको दाबी गर्दै आइतवार आयोजनाको गरेको पत्रकार सम्मेलनको दृष्य हो यो । घटना भएको २५ दिनपछि घटनास्थल मै पत्रकार सम्मेलनको आयोजना गरी पीडित परिवारले आगलागी सुनियोजित भएको दाबी ग¥यो ।
पत्रकार सम्मेलनमा आगलागीमा परी मारिएका चन्द्रकुमार बान्तवाका दाजु रामकुमारले प्रहरी प्रशासनलाई स्थानीयले नजानेर गलत सुचना दिँदा वास्तविकता ओझेलमा परेको बताए । उनले – घरमा जम्मा तीन जना थिए , पाहुना आएकी बहिनी लाई पनि आगोको लप्काले सँगै खायो । घरका आफन्त कोही नहुँदा स्थानीयले अन्जानमा गलत सूचना दिएपछि प्रहरीको अनुसन्धान समेत प्रभावकारी रुपमा अघि नबढेको राईले बताए ।
स्थानीयले बिद्युत सर्ट भएर आगलागी भएको खवर दिएपनि घटनाको प्रकृति हेर्दा त्यस्तो नदेखिएको राईले बताए । ७ पेज लामो प्रेस बक्तब्य सार्वजनिक गर्दै राईले मध्यरातमा चारै जनालाई मारेर घरमा आगो लगाएको हुन सक्ने आशंका रे । स्थानीयले चन्द्रलाई गाउँको रानो मान्थे , कसैसँग मन मुटाव थिएन । तर किन उसलाई यसरी मारियो उनले प्रश्न गर्दा उपस्थित स्थानीय भाव बिब्हल भएका थिए । प्रहरीलाई घरको माथिल्लो तलाको वरण्डा बरिपरि फलामे रड लगाएको ,भित्र फलामको आग्लो लगाई ३÷४ वटा ताला लगाएको, हरेक ढोकामा भित्रबाट रडमा ताल्चा लगाइ सुत्ने गरेको भन्ने जानकारी दिएको प्रति राईले आपत्ति जनाए । यस्तै पसलमा २ सय लिटर पेट्रोल,डिजेल भण्डारण भएको , बहिनी बुहारी सँगै सुत्ने गरेको र बिद्युत सर्ट भई आगो लागेको जस्ता जानकारी स्थानीयले प्रहरीलाई दिएको राईको भनाई छ । तर, प्रहरीलाई दिइएको सबै जानकारी गलत भएको जिकीर गर्दै राईले घोप्टे लगाएपछि भित्रका कुनै पनि ढोका बन्द नगरि सुत्ने गरेको भाइ र उनको परिवारको शव भ¥याङ मुनि भेटिनु रहस्यमय भएको बताए । उनले भने – चार दिन पछि पनि चन्द्रको शव मुनि आलो रगत भेटिनु र चन्द्रको ह्याट क्याप नजेलेको अवस्थामा भेटिएको घटना रहस्यमय छ । त्यसको सूचना प्रहरीलाई दिइसकेको उनको भनाई छ ।
स्थानीयले समेत रातको अढाई बजे थाहा पाउँदा घरको बरिपरि एकै पटक आगो लागेको बताएका छन् । विद्युत सर्ट हुँदा घर वरिपरि आगो नलाग्ने उनीहरूको भनाई छ । भित्र मारेर आगो नलगाएको भए आफ्नो भाई जसरी पनि उम्कन सक्ने राईले जिकीर गरे । कच्ची घरको बेरा एक लात्ती हान्दा भत्कन्छ , किन चन्द्रले बाहिर निस्कने प्रयास गरेन उनले पत्रकार सम्मेलनमा उपस्थित ४० बढी पत्रकार र डेढ सय जति स्थानीय वासिन्दालाई सोधे ।उनले भने,अब हामीले दिएको सूचनाका आधारमा घटनाको छानविन हुनपर्छ ।
घटनामा कसैको हात भएको हुन सक्ने बताए पनि राई परिवारले कसै माथि किटानी जाहेरी गरेको छैन । किटानी जाहेरी नगर्दा सम्म प्रहरीले आफ्नै गतिमा अनुसन्धान गर्ने बताएको छ ।
मृतक चन्द्र राईकी बहिनी इन्दिराले भने भिनाजु र दिदी बीच ३ वर्ष देखि बोलचाल बन्द भएको बताइन । भिनाजु रामबहादुर कि पत्नी विष्णु राइको पनि आमालाई भेट्न आएकै दिन राति सोही घटनामा परी मृत्यु भएको थियो । प्रहरीले दिदी विष्णुसँग भनाभन हुने एक महिला ,घरमा बरिपरि रड लगाएर घेरेको विवरण दिने एक ब्यक्ति र उनका साथी तथा विष्णुका भिनाजु रामबहादुर तामाङ सँग बयान लिए पनि थप केही बताउनु चाहेको छैन ।
आगलागीमा परी चन्द्रबहादुर राईसँगै उनकी आमा गंगामाया, पत्नी पार्वता र बहिनी विष्णुकुमारीको मृत्यु भएको थियो ।