Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

‘कांग्रेस गरिवको मित्र हो भने गरिवीको शत्रु’ युवा नेता दुलाल


पथरी÷प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिए सँगै मोरङ कांग्रेसमा टिकटका लागि तीव्र ‘लविङ’ सुरु भएको छ । क्षेत्र र जिल्ला कार्य समितिबाट सिफारिस भएका नाम बाटै केन्द्रले उम्मेदवार तय गर्ने भएकोले आफ्नो पक्षमा लविङ गर्न केही नेताहरू काठमाडौं हानिएका छन् । केही भने गाउँ मै रहेर मतदाता सँग छलफल गरिरहेका छन् । गाउँ मै बसेर मतदातासँग दुख साट्दै आएका नेता भित्र पर्छन –नेविसंघका पूर्व केन्द्रीय सदस्य एवं कांग्रेसका युवा नेता केशवप्रसाद दुलाल ।दुलालको नाम मोरङ–३ को प्रदेश सभा अन्तरगत ‘क’निर्वाचन क्षेत्रबाट प्रत्यक्षमा सिफारिस भएको छ । 
त्यसै पनि एमालेको प्रभाव क्षेत्र मानिएको मोरङ – ३ मा गत स्थानीय तहको निर्वाचन परिणाम हेर्ने हो, भने कांग्रेसको संगठन कमजोर देखिन्छ । अझ बाम गठबन्धन साँच्ची कै कार्यान्वयन भए कांग्रेसका लागि मोरङ– ३ फलामको चिउरा सावित हुने देखिन्छ । तर  नेता दूलाल बाम गठबन्धन कार्यकर्ता तहमा आइ नपुगेको जिकीर गर्छन । भन्छन–मतदाता त्रिसुलले डामेको साँडे होइनन । हाम्रो जस्तो बिकासोन्मुख देशका मतदाता हरेक निर्वाचनमा परिवर्तनको आश गर्छन । यो बाट भएन ,उ बाट केही होला कि भनेर आशमा रहेका हुन्छन । दुलालले थपे –भरतमोहन अधिकारीले चुनाव जितेको ठाउँमा अर्को पटकको चुनावमा लालबहादुर सुस्लिङले चुनाव जिते । त्यसपछि फेरि एमालले जित्यो । जनता कसैका पेवा नहुने बताउँदै दुलालले जनता को सँग आशावादी छन भन्ने कुरा प्रमुख भएको बताए । जनप्रिय उम्मेद्वारले चुनाव जितेको घटना स्थानीय तह निर्वाचनमा पनि देखिएको छ ।उनले उर्लाबारी, रतुवामाई, केरावारी,सुन्दरहरैचा, लेटाङ जस्ता स्थानीय तहमा कांग्रेसले चुनाव जितेको बताउँदै नागरिकले लोकप्रिय र जनताको काम आफ्नै काम जस्तो गरी गरिदिने जिम्मेवार नेता खोजेको बताए ।  उनले गफ नभइ काम गरेर देखाउने प्रतिवद्धता ब्यक्त गर्दै अगाडि थपे–पहिले हरेक घरमा एकजनालाई  रोजगारको ब्यवस्था हुने गरी उद्योग÷ब्यापार सञ्चालनमा ल्याउनु प¥यो । आर्थिक रुपमा जीवन स्तर नउस्किए सम्म मानिस गरीव नै रहिरहन्छ । हाम्रो निर्वाचन क्षेत्र भित्र रहेका सीमसारहरूलाई ब्यवस्थित गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिन्छ । काम गर्ने ईच्छाशक्ति भए पैसाको अभाव छैन । दुलालले भने–योजना बीना बिकासका काम भएका छन् । जसले गर्दा पैसा खर्च भएपनि उपलब्धिमुलक काम हुन सकेको छैन ।
कांग्रेसको चारतारे झण्डा फहराउने अभियानका साथ गाउँ–गाउँमा पुगिरहेका दुलाल कांग्रेस सत्तामा रहे पनि नरहेपनि सधैं जनता कै माझ काम गरिरहेको बताउँछन् । उनले आफ्नै पहलमा मोरङ– ३ का नागरिकका लागि निशुल्क स्वास्थ्य शिविरको क्याम्प सञ्चालन गरिरहेको बताए । दुलाल जनताको शिक्षा ,स्वास्थ्य र सरोकारका विषयमा पदमा रहे पनि नरहेपनि काम गरिरहने बताउँछन् । पथरीशनिश्चरे–१० का स्थायीबासी दुलाल २०४६मा नेविसंघको विद्यालय इकाई सचिवबाट राजनीतिमा लागेका हुन ।नेविसंघ मोरङको सदस्य, सचिव हुँदै २०५९ मा नेविसंघको केन्द्रीय सदस्य भएका उनी दुई कार्यकाल केन्द्रीय सदस्य बने । पार्टीको १२ औं महाधिवेशनमा मोरङ २ बाट महाधिवेशन प्रतिनिधि जितेका दुलाल २०६२÷०६३ को आन्दोलनमा पटक–पटक गरी २५ दिन हिरासतमा परे । आन्दोलन कै क्रममा प्रहरीको कुटाइ खाएर उनको दाहिने खुट्टा समेत भाँचियो । दुलाल भन्छन–लोकतान्त्रिक आन्दोलनमा सहभागिताको कारण मात्र होइन,लोकतन्त्र र संघीयताको संस्थागत विकासका लागि पनि अब युवाहरूलाई अवशर दिनुपर्छ ।
कानूनमा स्नातक गरेका ४४ वर्षीय युवा नेता दुलाल गरिवलाई गरिव नै राखिरहेर जनतासँग वार्गेनिङ नगर्ने बताउँछन् । उनी भन्छन्–कांग्रेस गरिवको मित्र हो भने गरिवीको शत्रु हो । गरिवको पार्टी भनेर कम्युनिष्टले कहिले सम्म ढाँट्ने उनले प्रतिप्रश्न गरे । 
 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget