पथरी संवाददाता
पथरी, असोज २० ÷सिद्धान्त लोहनीले अल राउण्ड प्रदर्शन गरेपछि बिराटनगर क्रिकेट क्लब मोरङको पथरीशनिश्चरे स्थित वीरेन्द्रनगरमा जारी पूर्वाञ्चल स्तरीय सातांै वीरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट प्रतियोगिताको दास्रो चरणमा प्रवेश गरेको छ । विराटनगरले किरात क्रिकेट क्लब दुधे झापालाई ८३ रनको फराकिलो अन्तरले पराजित पराजित गरेको हो ।
बिराटनगरले दिएको १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको दुधे १९ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५ रनमा समेटियो । दुधेका लागि सचिन लिम्बुले सर्वाधिक २१ र प्रतिक लिम्बुले १७ रन जोडेका थिए ।
दुधेलाई सस्तैमा समेट्ने क्रममा ललित राजवंसीले ३ तथा सिद्धान्त लोहनी र अजय राजवंशीले समान २÷२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८८ रनको गतिलो योगफल तयार पारेको थियो ।
बिराटनगरका लागि कप्तान सिद्धान्त लोहनीले २० बलमा ६१ रनको विस्फोटक पारी खेलेका थिए । त्यस्तै अजय राजवंशीले र नारायण श्रेष्ठले समान २३ रन बनाए ।
खेलको म्यान अफ द म्याच अलराउण्ड प्रदर्शन गरेका सिद्धान्त लोहनी घोषित भए । प्रतियोगिता अन्तर्गत शनिबार इस्टर्न बुलेट क्रिकेट क्लब दुहबी सुनसरी र पथरी ११ विच हुने आयोजकले जनाएको छ ।