Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

नेताका हुक्के बैठकेले मात्र अबसर पाए, त्यसैले कांग्रेसमा आयौं






मोरङ÷मौसमी तापक्रम घट्दै गएको बेला मोरङको निर्वाचन क्षेत्र नं ३ मा आफ्नो जीवनको पुरै युवावस्था कम्युनिष्ट पार्टीका ब्यक्तित गरेका सयौं कार्यकर्ता एक पछि अर्को गर्दै नेपाली कांग्रेसमा प्रवेश गर्न थालेपछि राजनीतिक तापक्रम तातिएको छ ।
कांग्रेसका प्रतिनिधि सभाका उम्मेद्वार सुनील शर्मा  र प्रदेश सभाका उम्मेद्वारहरू सुयर्माराज राई र ललित श्रेष्ठ घर दैलोमा पुगेर कांग्रेसमा आउनेहरूलाई स्वागत गरिरहेका छन् । शनिवार नवप्रवेशीहरूलाई सुन्दरहरैंचाको खोर्साने र पथरीशनिश्चरेको कीर्तिपुरमा अविरमाला लगाएर प्रवेश गराउँदै डा. शमौले भने–कांग्रेसको छहारीमा आउनु भएको छ, अब शिक्षा र स्वास्थ्यको आधारभुत विषयमा चिन्ता गर्नु पर्दैन , उनले आफ्नो निर्वाचन क्षेत्रका सबै मतदाताको ३ वर्ष भित्र निशुल्क स्वास्थ्य बीमा गरी दिने बचनवद्धता पुन दोहो¥याए । केहीले सुनील शर्माका बिरुद्ध अनावश्यक भ्रम फैलाएको बताउँदै उनले थपे–सुनील शर्मा जनता ढाँट्दै हिड्ने कम्युनिष्ट होइन , म बोलको कुरा पु¥याएर छोड्छु । शर्माले अगाडि थपे–‘ म कुनै धनाढ्यको गोठमा जन्मिएर मोरङ कै ढुंगा माटोमा खाई खेली हुर्किएको ब्यक्ति हुँ । मलाई गरिवी र अभावका बिषयमा कुनै कम्युनिष्टले पढाइरहनु पर्दैन ।
प्रदेश ‘क’का उम्मेद्वार सुयर्माराज राईले यस क्षेत्रका जनताका लागि जुनसुकै सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले भने–३० वर्ष देदिको कम्युनिष्ट किल्ला भत्काउने अभियानमा छौं । सधैं उही, नारा उही बिचार लिएर हिडेका साथीहरू कांग्रेसमा आउनु भएको छ, अब बिकास र आर्थिक समृद्धिको अनुभव गराउने जिम्मा हाम्रो हो । उनले मोरङ ३ मा कांग्रेस भित्र कुनै बिवाद नरहेकोले चुनावको परिणाम कांग्रेसको पक्षमा आउने विश्वास दिलाए ।
निर्वाचन परिचालन समिति मोरङ–३ का संयोजक गणेश खड्काले भने– १० दिन यता ४ सय बामपन्थी कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । खड्काका अनुसार प्रवेश गर्नेमा नेकपा एमालेका क्षेत्रीय तहका कार्यकर्ता मात्र होइन, नेता समेत रहेका छन् ।
अनेरास्ववियू र त्यसपछि नेकपा एमालेको राजनीतिमा क्रियाशीय हुँदै गत स्थानीय निर्वाचनमा नेमकिपाबाट कानेपोखरी गाउँपालिका प्रमुखमा उम्मेद्वार बनेका हिमप्रसाद तिम्सिनाको टिम एकसाता अघि कांग्रेस प्रवेश गरेपछि मोरङ–३मा कांग्रेस प्रवेशको लहर चलेको हो । त्यसयता नेकपा एमालेको भगिनी संस्था अखिल नेपाल महिला संघकी क्षेत्रीय अध्यक्ष कमला योञ्जन,गत निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट कानेपोखरी–५ को महिला वडा सदस्यको उम्मेद्वार बनेकी रामु धिमाल कांग्रेस प्रवेश गरिसकेकी छिन । तिम्सिना, योन्जन र धिमालसँग एमाले र माओवादी केन्द्रका २ सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको क्षेत्रीय सभापति गणेश खड्काले बताए ।
प्रवेश गरेका हरेक नसदस्यलाई निर्वाचनको प्रचार अभियानमा सहभागी गराउन थालिएको छ । एमाले र माओवादीले समाज रुपान्तरण र बिकासमा आफ्ना नजिकका हुक्के बैठकेलाई मात्र अबसर दिएको नबप्रवेशीहरूको आरोप छ ।
फोटो फिचर सहित


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget