Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

वडाध्यक्षद्वारा सेवाग्राहीलाई दुव्र्यवहार


कानेपोखरी÷ नागरिकताको सिफारिस लिन गएका सेवाग्राहीलाई मोरङको कानेपाखरी–७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीले दुब्र्यबहार गरेका छन् ।
सोमबार नागरिकता बनाउनका लागि सिफारिस लिन वडा कार्यलय पुगेकी दुर्गा ढुंगेल बजगाईलाई अधिकारीले दुब्र्यबहार गरेका हुन । श्रीमान युवराजलाई सँगै लिएर गएकी दुर्गालाई श्रीमान पनि ‘अकडो, श्रीमती पनि अकडो’ भन्दै विद्यालयले जन्म मिति प्रमाणित गरेको कागजात फालिदिएको पीडित दुर्गाको भनाई छ । दुर्गाले भनिन–‘तिमि बाठी नहोऊ, बुढा बुढी नै उस्तै रहेछौं, जन्म दर्ता लिएर आउनु अन्यथा काम हुँदैन’ भने पछि  हामी फर्किएका हौं ।
युवराजका बाबु नगेन्द्र बजगाई तीन साता अघि कांग्रेसमा प्रवेश गरेका थिए । बाबु कांग्रेसमा प्रवेश गरेकै कारण अधिकारीले उनका छोरा–बुहारीलाई दुव्र्यवहार गरेको स्थानीय हिमप्रसाद तिम्सिनाले बताए । वडाध्यक्ष अधिकारी एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget