पथरी÷मोरङको पथरीशनिश्चरे ४ का वडाध्यक्ष गोविन्द बहादुर भण्डारीलाई आफ्नै पार्टीका कार्यकर्ताले आइतबार भकुरेका छन् ।
वडाको सम्झना चौकमा भण्डारीलाई नेकपा माओवादी केन्द्रका निर्वाचन परिचालन समितिका सह संयोजक बीरबहादुर कार्कीले मरणासन्न हुनेगरी कुटपिट गरेको इलाका प्रहरी कार्यलय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले बताए । भण्डारी सोही वडाका निर्वाचन परिचालन समितिका संयोजक हुन ।कुटपीटमा संलग्न कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कुटपीट गर्ने कार्कीले भण्डारी माथि आफ्ना कार्यकर्ता कांग्रेस प्रवेश गर्न सहयोग पु¥याएको आरोप लगाउँदै आएको स्थानीयले बताएका छन् ।
उपचारका लागि पथरी अस्पताल भर्ना भएका वडाध्यक्ष भण्डारीले वीरबहादुर कार्की र विक्रम लिम्बूले आक्रमण गरेको बताए । उनको घुँडा मुनि चोट लागेको छ । स्थानीयका अनुसार भण्डारी चढ्ने स्कुटर पनि तोडफोड भएको छ । शनिबार एमाओवादीका सय बढी कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए । आफ्ना कार्यकर्तालाई कांग्रेस प्रवेशका लागि उक्साएको आरोप खेप्दै आएका भण्डारीले उक्त आरोपको खण्डन समेत गरेका छन् । उनले भनेका छन्–मलाई मार्ने षडयन्त्र भएको रहेछ ।