Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

शिल्पीमा भानुभक्त


काठमाडौ । शिल्पी थिएटरको गोठाले नाटकघरमा अहिले भानुभक्त आचार्यको जीवनीमा आधारित नाटक ‘रात चिर्न्या भानु’ प्रदर्शन भइरहेको छ । लोकदृष्टि थिएटरको सहकार्यमा आरम्भ, कलाकारहरुको समूहले प्रस्तुत गरेको नाटकमा आदिकवि भानुभक्त आचार्यको बाल्यकालदेखि उनका जीवनका आरोह अवरोहलाई समेट्दै जीवनको उत्तराद्र्धसम्मको कथा नाटकले प्रस्तुत गरेको छ ।
‘विदेशी कथा र उपन्यासहरुमा नाटक मञ्चन गर्ने र त्यसैलाई सही ठान्ने माहोल चलिरहेको अवस्थामा आदिकवि भानुभक्तजस्ता धेरै हस्तीहरुको नेपाली भाषा र साहित्यप्रतिको देनलाई मानिसहरुले भुल्दै गइरहेका छन्, त्यसैले स्वदेशी कथा र राष्ट्रिय विभूतिसमेत रहेका भानुभक्तको जीवनीमा आधारित नाटक बनाएका हौँ ।’ – निर्देशक प्रभाकर न्यौपाने बताउँछन् । ‘मञ्चमा भानुभक्तलाई उतारिएको सम्भवतः पहिलो प्रयास हुनुपर्छ’ उनले थपे ।

घाँसीको नाम र परिचय खोज्नका लागि लागिपरेका उनका शुभचिन्तकले भानुभक्तको जीवनीको गहिराईसम्म पुगेर घाँसीको महत्व र वास्तविक परिचय खोज्न निस्केको सन्दर्भबाट सुरु भएको नाटकमा भानुभक्तका जीवनीका आरोह अवरोहहरुलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । ‘यस नाटकले भानुभक्तलाई मात्र हैन, घाँसीलाई समेत केन्द्रविन्दुमा राखेको छ, लोकदृष्टि थिएटरका अध्यक्ष प्रेम पौडेल बताउँछन् ।’

भानुभक्तको जीवनीका प्रमुख प्रसंग र घटनाक्रमहरु समावेश गरी तयार गरिएको नाटकको लेखन तथा निर्देशन प्रभाकर न्यौपानेले गरेका हुन् । नाटकमा भानुभक्तको भूमिकामा देखिएका प्रकेश सिन्धुलीयले उनको हाउभाउ, भेषभूषा र बलियो अभिनयले भानुको भूमिकालाई न्याय गरेका छन् । भानुकी श्रीमती बनेर देखिएकी साक्षी लम्सालको अभिनय कौशल तारिफयोग्य छ । घाँसीको भूमिकामा रहेका वासुदेव खनाल, जर्साबको भूमिकामा मानस राज, शुभ चिन्तकको भूमिकामा प्रेम पौडेल, बाल भानुको भूमिकामा प्रभात निरौला, साथै रमेश दाहाल र चाँदनी शाही हजुरबा र हजुरआमाको भूमिकामा देखिएका छन् । नाटकलाई अभिनयमार्फत कलात्मक बनाउने क्रममा प्रल्हाद खरेल, पुष्पराज अवस्थी, राधा श्रेष्ठ, मेलिना गुरुङ, श्रेया भुषाल, वीरेन्द्र खाती लगायतका कलाकारहरु अब्बल साबित भएका छन् । नाटक ‘रात चिन्र्या भानु’ आइतबारदेखि प्रदर्शनमा आइरहेको छ भने मंसिर १६ गते शनिबारसम्म बेलुकी ५ बजे शिल्पीको गोठाले नाटकघरमा प्रदर्शन भइरहेको छ । नाटकको लेखन तथा निर्देशन रंगकर्मी प्रभाकर न्यौपानेले गरेका हुन्

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget