Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मोरङ पथरीमा एमालेको दादागिरी, प्रहरीको सेटिङमा वडाध्यक्षलाई छोडियो


पथरी÷मोरङको पथरी बजार आइतबार दिनभर जसो तनावग्रस्त रह्यो । शनिवार राति ९ बजे नेपाली कांग्रेस मोरङ ३ का निर्वाचन युवा परिचालन समितिका संयोजक धनकुमार तामाङ माथि पथरीशनिश्चरे १ का वडाध्यक्ष बाबुराम एङ्देनको समूहले आक्रमण गरेको थियो ।

वडाध्यक्ष एङ्देनको समूहका देव तामाङ र पर्वत बराइली सहितले राति ९ बजे घरमा पस्नै लाग्दा तामाङ माथि आक्रमण गरेको पीडित तामाङले बताए । तामाङका अनुसार घर तर्फ छिर्न लाग्दा ढुकेर बसेको वडाध्यक्ष एङ्देनको समूहले आक्रमण गरेको हो । आक्रमण पछि ढलेका तामाङलाई उद्धार गर्न आएकी श्रीमती र छोरीलाई पनि उक्त समूहले लछारपछार पारेको थियो । शुक्रबार राति नै प्रहरीले वडाध्यक्ष एङ्देन सहित देव तामाङ र पर्वत बराइलीलाई पक्राउ गरेको थियो । तर  इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले वडाध्यक्ष एङ्देनलाई राति नै छोडेका थिए ।
तामाङ र वराइली अझै प्रहरी नियन्त्रण मै रहेका छन् । वडाध्यक्षलाई उन्मुक्ति दिएको भन्दै कांग्रेस कार्यकर्ताले झण्डै आधा घण्टा पथरी प्रहरी कार्यलय अगाडि प्रदर्शन गरेका थिए ।  सयौंको संख्यामा उपस्थित कांग्रेस कार्यकर्ताले प्रदर्शन लगत्तै पूर्व पश्चिम राजमार्ग समेत एक घण्टा अबरुद्ध गरेका थिए ।
पथरी उद्योग बाणिज्य संघ, मोरङ बस यातायात संघ,पथरी स्पोर्टिङ क्लव लगायत एक दर्जन संघ संस्थाको अध्यक्ष रहेका तामाङ एक साता अघि ५ सय बढी कार्यकर्ता सहित कांग्रेसमा प्रवेश गरेपछि एमाले गुण्डागर्दीमा ओर्लिएको स्थानीय कांग्रेस कार्यकर्ता बताउँछन् । तामाङ नेकपा एमालेको मोरङ जिल्ला सचिवालय सदस्यमा सर्वाधिक मत ल्याएर निर्वाचित सदस्य थिए । तामाङलाई कांग्रेसले पञ्चेबाजा बजाएर कांग्रेसमा स्वागत गरी निर्वाचन परिचालनको जिम्मेबारी समेत दिएको थियो ।
तामाङको कांग्रेस प्रवेशले एमालेमा ठूलो भूकम्प गएपछि एमाले कार्यकर्ताहरू हिंस्रक बनेको जानकारहरूले बताएका छन् ।
यसै बीच नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ३ र पथरीशनिश्चरे नगर समितिले आइतबार विज्ञप्ति निकाल्दै गुण्डागर्दी गर्ने वडाध्यक्ष एङ्देनलाई पक्राउ गरी कार्यवाही गर्न दबाब दिएको छ । महिलालाई द्ब्र्यबहार गर्ने वडाध्यक्षलाई राति नै प्रहरीले छोडेको र आइतबार उजुरी दर्ता गर्न जाँदा ‘म कुनै किसिमको उजुरी लिन्न, जे गर्छौ गर’भन्दै प्रहरी निरीक्षक कार्कीले धम्क्याएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा अगाडि भनिएको छ–‘एमाले कार्यकर्ताले जस्ता सुकै अपराध गर्दा पनि कार्यबाही नगर्ने र कांग्रेस कार्यकर्तालाई बहाना बनाई–बनाई दुख दिने गरेकोले कार्की एमाले कार्यकर्ता भएको पुष्टि भएको छ ।’एमालेको इसारामा स्वास्थ्य शिविरमा आक्रमण गर्ने, डाक्टर नर्सलाई दुब्र्यबहार गर्ने जस्ता घटनामा कार्कीको प्रत्यक्ष संलग्नता रहेको विज्ञप्तिमा आरोप लगाइएको छ ।
शनिवार राति भएको घटनाका दोषीलाई कारबाही नगरी अपराधीलाई खुलेआमा छोडेको र कानूनी राज्यको खील्ली उडाएको घटना प्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । आपराधिक गतिविधिलाई बढुवा दिने कार्य बन्द गरेर प्रहरी प्रसाशनलाई एमालेकरण हुनबाट नरोके कांग्रेस जुनसुकै किसिमको आन्दोलन गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मा प्रहरी निरीक्षक कार्कीले लिनु पर्ने चेतावनी समेत कांग्रेसले दिएको छ ।
   

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget