ज्ञानेन्द्रको निर्देशनमा ‘ए साइली’
काठमाडौ । पुर्वको शुन्दर ठाउँहरुमा सुटिङ गरिएको म्युजिक भिडियो ‘ए साइली’ सार्वजनिम भएको छ । गायक रनबहादुर खड्काले गाएको,यस गीतलाई ज्ञानेन्द्र कोइरालाको निर्देशन गरेका छन् । पुर्वमा हुने अधिकाँस म्युजिक भिडियामा निर्देशन गर्दै आएका कोइरालाको यो पछिल्लो म्युजिक भिडियो हो । गीतलाई गीतकार धन प्रधानले निर्माण गरेका हुन् ।
पूर्वको दमक आसपासका चपेटी रतुवालगायतका स्थानमा छायांकन गरिएको यस भिडियोमा दीपक बराल, भुमिका चौहान र जीवन थापाको अभिनय रहेको छ । तिलक रिजालले छायाँकन गरेको भिडियोलाई तुलसी बास्कोटाले सम्पादन गरेका हुन। यो गीत गायक खड्काको दोस्रो एल्बम ‘एभरग्रिन लभ’मा समावेश छ ।