Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

जन–जनको मन जित्दै सुयर्मा



मोरङ÷ नेपाली कांग्रेस मोरङले प्रदेश सभा अन्तरगत प्रत्यक्ष तर्फ क्षेत्र नं ३ ‘क’का कांग्रेस उम्मेद्वार सुयर्माराज राई आक्रमक प्रचारमा देखिएका छन्  । प्रदेश सभाका ८ उम्मेद्वार मध्ये राई सबैभन्दा लोकप्रिय उम्मेद्वारका रुपमा देखिएका उनी जीत नजिक पुगेको कार्यकर्ता दाबी गर्छन ।  कांग्रेस भित्रको आन्तरिक समस्या जरै देखि हल भएपछि  राई जीत उन्मुख भएको बताइन्छ । राईसँगै टिकट प्राप्त गर्ने अभियानमा लागेका पूर्व महासमिति सदस्य बीरबहादुर बस्नेत र  युवा नेता एवं पूर्व महाधिवेशन प्रतिनिधि केशव दुलाल अहोरात्र राईलाई जिताउने अभियानमा लागेका छन् ।

 
एमालेका लागि सबैभन्दा सुरक्षित क्षेत्र मानिएको मोरङ ३‘क’ मा बाम तालमेलका नाममा कमजोर जनाधार भएकी माओवादी केन्द्रकी गीता तिम्सिना उम्मेद्वार छिन । जनयुद्धमा उनले गरेको  भूमिका सम्झना लायक भएपनि जनताको काम गर्ने विषयमा उनी राईको अगाडि ‘फुच्चा’ मानिन्छिन । तिम्सिनाले प्रदेशमा टिकट पाएसँगै एमाले भित्र वर्षौं देखि जनताको काम गरेर लोकप्रियता कमाएका नेताहरू ‘गुमनाम’ जस्तै भएका छन् ।
क्षेत्र नम्बर ३ मा पथरी शनिश्चरेको १, २, ३, ४, ७, ८, ९ र १०, कानेपोखरीको ४, ५, ६ र ७, बेलबारीको १, २, ३, ४, १० र ११ तथा सुन्दरहरैंचाको १, ८, ९, १०, ११ र १२ वडा गरी २६ वटा वडा समेटिएका छन् ।विगतमा  मोरङमा यो  क्षेत्र नेकपा एमालेका लागि सबै भन्दा अनुकुल निर्वाचन क्षेत्र मानिन्थ्यो । तर  बाम गठबन्धन भएसँगै नेता कार्यकर्ता बीच सम्बन्ध चिसिएको छ । एमालेमा वर्षौ देखि त्याग गरेका नेता कार्यकर्ताहरू किनारा लागेपछि स्थानीय तह निर्वाचनको  वडाध्यक्षले पाएको मतका आधारमा चुनाबमा जित्ने गठबन्धनको सपना पानीके फोका झै फुट्ने देखिएको छ । संसदीय मामिलामा जानकारहरू भन्छन–अघिल्लो निर्वाचनका आधारमा गरिएको निर्वाचन सर्वेक्षण नेपालका सन्दर्भमा हाल सम्म मिलेको छैन ।  गत स्थानीय निर्वाचनमा एमालेले २९ हजार १ सय ६२ मत प्राप्त गरेको थियो भने कांग्रेसले करिब ८ हजार कम अर्थात २१ हजार ८७ मत  प्राप्त गरेको थियो ।  माओवादीको मत १३ हजार ४ सय ९५ रहेको थियो ।
मोरङ ३ मा रहेका २६ वडा मध्ये कांग्रेसले ५ वडामा जित हात पारेको छ भने एमाओवादी केन्द्रले ३ वटा वडामा चुनाव जितेको थियो । बाँकी १८ वटा वडामा एमालेले जितेको छ ।
कानेपोखरी– ७ का एक कांग्रेस कार्यकर्ताले भने– बाम तालमेलका नाममा हाम्रो मत पनि जोडिएको छ । उनले भने –‘त्यसबेला कांग्रेस र एमाओवादी बीच धेरै स्थानमा चुनाबी तालमेल भएको थियो । कतिपय कार्यकर्ताले कांग्रेस उम्मेद्वार पराजित हुने भएपछि  एमालेका वडाध्यक्षलाई हराउन माओवादी उम्मेद्वारलाई भोट खन्याएका थिए । अहिले त्यही भोट गनेर एमाओवादी केन्द्र जीतको सपना बाँडिरहेको छ । तर राजनीतिमा अंक गणितीय हिसाव दिगो नहुने कांग्रेस कार्यकर्ता बताउँछन ।
गत चुनाबमा माओवादीले ल्याएको भोटमा झण्डै २५ प्रतिशत मत कांग्रेसको रहेको कांग्रेस कार्यकर्ताको दाबी छ । यसका अतिरिक्त गत स्थानीय निकायको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारले पाएको झण्डै ३ हजार मत पनि राईले पाउने निश्तिच जस्तै छ । मतदाताहरू सधैं एउटै दलका रहिरहँदैनन ।  उनले थपे– घोडा मात्र  लगामको इसारामा हिड्छ , नागरिक अब रैती वा प्रजा मात्र होइनन , कुनै दल बिशेषको लगाममा हिड्ने । मतदाताले असल चरित्रको नेता खोजिरहेछन ।उनले प्रष्ट रुपमा भने–भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न राजनीति गर्ने हो ।

आर्थिक क्रान्ति नभए सम्म समाज रुपान्तरण असम्भव भएको बताउने राई सधैं गरिवीका नाममा नेपालका कम्युनिष्ट पार्टीले राजनीति गर्दा आर्थिक वृद्धिदर दोहोरो अंकले बढ्न नसकेको जीकिर गर्छन । भन्छन–’कम्युनिष्ट पार्टीले जहिल्यै जनतालाई ‘ब्ल्याक मेलिङ’ मात्र गरिहेका छन् । 
उनले शिक्षा,सञ्चार सडक र स्वास्थ्य नागरिकको पहुँचमा पु¥याउन  सके गरिवीको अन्त्य हुने बताउँदै  अबको  मिशन चार ‘स’मा केन्द्रित हुने बताए ।
राईले हरेक स्थानमा मतदातासँग भन्ने गरेका छन्–‘सुकुम्वासी समस्याको स्थायी समाधान र नदी तथा खोलामा तटबन्ध पहिलो प्राथमिकतामा राखेको छु ।’
राईले उम्मेद्वार बन्नु अघि नै मोरङका विभिन्न गाउँमा उज्योलो अभियान सञ्चालन गरेका छन् । विपन्न वर्गका समूदायलाई सौर्य उर्जाको ब्यवस्था गरेर उनले धेरै गरिव दुखीको मन जितिसेकेका छन् ।उनको पहलमा चिसाङ खोलामा झोलुङ्गे पुल निर्माणको अन्तिम तयारी भइरहेको छ । उनी भन्छन–म महिनाको ५० हजार तलब कमाउँदा कमाउँदै राजनीतिमा आएको हुँ । काम गरौं भन्ने भावना छ ।
उनी थप्छन–‘भोट माग्न जाँदा नागरिकता छैन, भनेर बृद्ध बुबा आमाले भन्नुभयो, नागरिकता कै अभावमा सयौं बुबा आमाले बृद्ध भत्ता पाउनु भएको छैन । सरकारी सुविधाको औषधोपचार खर्च लिन पाउनु भएको छैन । राई भन्छन–कुरा होइन , काम गर्ने अवसर दिनु होस । म गरेर देखाउँछु ।
उनले एक वर्ष भित्र आफ्नो निर्वाचन क्षेत्र भित्रका नागरिकताबाट बञ्चित नागरिकलाई गाउँ र नगरपालिकाको सहयोग लिएर नागरिकता टोली मार्फत नागरिकता वितरण गर्ने बताए ।
भरखरै ४० टेकेका राई आफै पनि सुकुम्वासी हुन । कानेपोखरी–५ जहदा सिरानमा रहेको घर र जग्गा आँखै अगाडि चिसाङले बगाएपछि उनी यतिबेला सुकुम्बासी मात्र होइन बाढी पीडित समेत बकनेका छन् । भन्छन–खुकरीको पीर अचानोलाई थाहा हुन्छ । म बाढी पीडित सकुम्बासी हुँ , त्यसैले पहिलो प्राथमिकता  नदी नियन्त्रण र सुकुम्बासी समस्याको स्थायी  समाधानलाई दिन्छु ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget