काठमाडौं । गायक तुलसी शिवाकोटीको नयाँ गीत ‘म त मान्छे सिधा साधाको भिडियो रिलिज गरिएको छ ।
कमेडी र रोमन्टिक रहेको गीतमा स्वयम् गायक सिवाकोटीले अभिनय गरेका छन् ।
साथै नायिका तथा चर्चित मोडल अनु शाहले उनलाई अभिनयमा साथ दिएकी छन् । यस गीतमा अनु शाहलाई तेस्रो लिङ्गीको भुमिकामा देखिएकी छन् । उनलाई तेस्रो लिङ्गीको भुमिकामा निकै राम्रो देखिएकी छ । उनि पहिलो पटक तेस्रो लिङ्गी बनेकी हुन ।
यसै गीतमा सुर्य खत्रीको शब्द, लिला शिवाकोटीको संगीत, निरज श्रेठको एरेन्ज रहेको छ ।
भिडियोमा उत्सब दाहलले क्यामरा चलाएका हुन् भने महेश्वर राज युवराज वाइबाले निर्देशन गरेका छन् ।