Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

एमाले वडाध्यक्ष गुण्डागर्दीमा उत्रिए


पथरीशनिश्चरे÷मोरङ–३ को चुनावी प्रतिस्पर्धामा नेकपा एमाले कमजोर हुँदै गएपछि एमाले कार्यकर्ता गुण्डागर्दीमा उत्रिएका छन् । उनीहरूले शनिवार राति कांग्रेस कार्यकर्ता धनकुमार तामाङ माथि आक्रमण गरेका छन् । तामाङ एक साता अघि मात्र झण्डै ५ सय कार्यकर्ता सहित कांग्रेस प्रवेश गरेका थिए ।
पथरी उद्योग बाणिज्य संघको अध्यक्ष समेत रहेका तामाङलाई यस अघि पनि  सामान्य विवादमा दुख दिएको थियो । 
चुनावी प्रचार सकेर राति ९ बजेतिर घर फर्कदै गरेका तामाङ माथि घर पस्नै लाग्दा पथरीशनिश्चरे –१ का वडाध्यक्ष बाबुराम येङ्देनको गुण्डासमूहले आक्रमण गरेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।आक्रमण पछि तामाङ ढलेका थिए । वडाध्यक्ष एङ्देनले वेद साम्पाङ र प्रवेश बराइलीको  समेत  सहयोग लिएर तामाङ माथि आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । तामाङलाई उद्धार गर्न गएकी उनकी श्रीमती र छोरीलाई समेत हात पात एङ्देन समूहले लछारपछार पारेको स्थानीयले बताएका छन । यद्यपि प्रहरीले सयौं जनाले प्रत्यक्ष देखेको घटनालाई ढाकछोप गरी एङ्देनलाई नपक्रेको भन्दै उनको बचाउ गरेको छ । स्थानीयले भने–सुरक्षाका लागि भन्दै वडाध्यक्षलाई प्रहरीले लगेको दाबी गरेका छन् ।
अहिले पथरी स्थित इलाका प्रहरी कार्यालयमा हजारौंको संख्यामा कांग्रेस कार्यकर्ता उपस्थित भएर वडाध्यक्षलाई हदै सम्मको कारवाही गर्न माग गरिरहेका छन् ।
मोरङ ३ मा बामगठबन्धनका उम्मेद्वार पराजित हुने निश्चित जस्तै भएपछि एमाले कार्यकर्ताहरू गुण्डागर्दीमा उत्रिएको स्थानीय प्रत्यक्षदर्शीले बताए । उनीहरूले भनेका छन्–प्रहरी नै एमालेको पक्षमा लागेर कांग्रेस कार्यकताएलाई दुख दिइरहेको छ । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget