Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मंसिर मै आउने भो ‘गोरे’


काठमाडौ । यस क्षेत्रमा एक्शन नायकको खडेरी परिरहेको बेला चलचित्र ‘गोरे’ मार्फत आशा लाग्दो एक्शन नायकको उदय हुने भएको छ । मार्शल आर्टका प्रशिक्षक समेत रहेका नायक हुन राकेश कुमार राई । उनको दमदार एक्शन भूमिका रहेको चलचित्र ‘गोरे’ यही मंसिर २९ देखि देशभर प्रदर्शनमा आउने भएको छ ।  
रामेश कुमार राईको निर्देशन रहेको ‘गोरे’मा दिलिप रायमाझी, अनु शाह, रबिन्द्र आचार्य, खुश्बु खड्का, बिमला गिरी, सुरवीर पण्डित, सूर्य जि.सि., आदिको साथमा नवप्रस्तुती राकेश कुमार राई, डा.गुन्नु घर्ति, अभिसेक गिरी, लगायतका कलाकारको अभिनय रहेको छ । जि.एस. मुभि मेकर्सको व्यानरमा निर्माण भएको यो चलचित्रका प्रस्तुतकर्ता सूर्य जिसि हुन भने रुपा जिसि चलचित्रको निर्मात्री हुन् ।

        एक कार्यक्रमको आयोजना गरी उक्त कुराको जानकारी गराउदै प्रस्तुतकर्ता सूर्य जिसिले भन,े ‘गोरे चलचित्र एक्शन, रोमान्टिक एवं समसामयिक विषयवस्तुमा आधारित भएकोले सबै खाले दर्शक एकै ठाउँमा बसेर मनोरञ्जन लिन सक्ने छन् ।’

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget