काठमाडौ । नेपाली सुगम संगीतका चर्चित गायक नरेन्द्र प्यासीले गाएको ‘ किन खेल्यौ पिरतीको खेल’ बोलको गीत हालै सार्वजनिक गरिएको छ । काठमाडौमा एक कार्यक्रमको आयोजना गरि उत्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । पत्थरको दिल एल्वममा समावेश गरिएको गीत हो जुन एल्वममा तारा प्रसाद चापागाईको एकल रचना रहेछ ।
मनिल तामाङ, सुविना राइ ,रिजन चापागाइले यस गीतको म्युजिक भिडियोमा दम्दार अभिनय गरेका छन् भने प्रियजन राइले निर्देशन गरेका छन् । यस म्युजिक भिडियोलाई पुर्वेली जुनतारा म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।