हरि कोइराला
लेटाङ÷ मोरङको आधा भूगोल समेटेर बनेको क्षेत्र नं. १ मा नेपाली कांग्रेसले प्राचारलाई तीब्र बनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले नेतालाई मात्र होइन कार्यकर्ता र मतदातालाई समेत क्रियाशील बनाएको छ ।
खासगरी कांग्रेस उम्मेद्वारले मौसमी चिसोलाई चुनौति दिँदै प्रचार प्रसारको सरगर्मी बढाएका हुन । मोरङ १ का प्रतिनिधि सभा उम्मेद्वार एवं मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बू संविधान निर्माणका लागि चुनिएर गएकोले बिकास निर्माणका काम ४ वर्षको अवधिमा जन अपेक्षा अनुसार गर्न नपाएकोले पुन काम गर्ने अवसरका लागि मत मागि रहनु भएको छ । २६ वर्ष कम्युनिष्टले एकलौटी चुनाव जित्दा नभएका काम ४ वर्षमा गरेको लिम्बू बताउछन् । उनी भन्छन–जिम्मेवारी संविधान निर्माण गर्ने थियो । यद्यपि हामीले धेरै काम गरेका छौं । विकासका धेरै कामहरू गर्न बाँकी छन् । त्यसैले मतदाताले पुन अवसर दिनेमा लिम्बू विस्वस्त छन् ।
यतिबेला आफ्ना सहयोगीका साथ मोरङका पहाडी गाउँहरूमा जन जनको मन जितिरहेका लिम्बू भन्छन–उत्तरी मोरङलाई आर्थिक रुपमा समृद्ध बनाएर छोड्छु।’
लिम्बूले भोगटेनीमा अन्तरधार्मिक शान्ति बाटिका निर्माणलाई प्राथमिकताको सूचीमा राखेका छन् । एक नगर एक पहिचारन कार्यक्रम अन्तरगत शान्तिपार्क निर्माण गरिने उनले बताए ।
आदिवासी जनजातिका छोरा छोरीलाई पूर्व प्राथमिक शिक्षा मातृभाषामा लिन पाउने संबैधानिक अधिकार कार्यन्वयन गर्ने बताउँदै लिम्बुले भनेका छन्–संविधान बनाउन गएको डिगबहादुरले बिगतका चार वर्षमा गरेको बिकास निर्माणलाई हेरेर मत दिनुपर्छ ।उनले भने –चिसाङ, मावा खोला लगायत धेरै ठाउँमा पक्की पुल बनिरेहेको छ । खानेपानीको समस्या समाधान हुने क्रममा छ । उत्तरी मोरङका सबै गाउँमा सडक सञ्जाल पुगेको छ । अबको योजना ति सडकहरूको स्तरोन्नति हो । साविक मोरङ ९ का सांसद एवं मोरङ कांग्रेसका सभापति समेत रहेका लिम्बूले विगतमा गरेका बिकास निर्माणका कामलाई पुरा गर्ने अभियानका साथ प्रदेश सभा ख का उम्मेद्वार ईश्वरीप्रसाद कोइराला समेत गाउँ गाउँमा मतदाताको मन जित्न लागि परिरहेका छन् । कोइराला भन्छन–नदी कटान नियन्त्रण र प्रत्येक मतदाताको दैलो दैलोमा सडकको सञ्जाल पु¥याउँने अभियानका साथ चुनावी अभियानमा होमिएको छु । उनले थपे–पहाडमा बिकास भनेको यातायात र विद्युतीकरण रहेछ । १० वर्ष अघि सम्म सुँगुर र गाईलाई खोले खुवाइने स्कुस आज किसानको घर मै ठेक्का लाग्न थालेको छ । सुन्तोलाले राम्रो बजार पाएको छ । अलैची खेती सुरु भएको छ । बिगतमा दुईछाक खान मुस्किल हुनेहरू आज अदुवा र अम्लिसो खेती गरेर आर्थिक रुपमा समृद्ध भएका छन् ।
’ कोइराला थप्छन–यो सबै कांग्रेसले सडक सञ्जाल पु¥याएर सम्भव भएको हो ।अब किसानको रोजाई अनुसार कृषि जोनको घोषणा गरी किसानलाई आर्थिक रुपमा समृद्ध बनाउने कार्यक्रम ल्याएने छौं । अदुवा,अम्लीसो,अलैची चिया, अकबरे जुन खेती हुने भूगोल छ, त्यो स्थानका किसानलाई प्रविधि र मल बीउको ब्यवस्था गरेर कृषि उपजको भण्डारणको समेत ब्यवस्था मिलाउने छौं ।
बिकास गरेर कहिल्यै सकिदैन,अब कांग्रेसले ति सडकहरूलाई कालो पत्रे गर्ने सपना बोकेको छ । सभापति डिगबहादुर लिम्बूले विगतमा गरेका बिकास निर्माणका कामलाई निरन्तरता दिँदै सडक सञ्जाल बिस्तार गरी किसानका घर घरमा कम्तीमा एम्बुलेन्स पुग्ने सडक पु¥याउने सपना कांग्रेसले बोकेको छ ।
उनी थप्छन– सडक नहुँदाको पीडा धेरै छन् । कयौं बाबुहरूले आफ्नो सन्तान र देख्न पाएनन् । श्रीमतीलाई प्रसव पीडा कै कारण गुमाएका छन् ।
कम्युनिष्ट राजनीतिबाट २०४१ मा तत्कालिन प्रतिबन्धित नेपाली कांग्रेसमा आएका कोइराला उम्मेद्वार भएकै कारण विकासको एजेण्डा प्रस्तुत नगरेको जिकिर गर्छन । भन्छन– मैले हिजो पनि ््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््बिजुली बत्ती विस्तार गर्न र खोलामा झोलुङ्गे पुल बनाउन पहल गरें । धेरै वटा कृषि सडक खोल्ने काम गरें । लोख्रामा २६ सय तार जालि हालेर नदी तटबन्धको काम गरेको छु । कोइराला थप्छन–‘सिंचाईको समस्या भएको केराबारी, भोगटेनी, लेटाङ र नक्सलमा ‘केभोलेन’ परियोजना सञ्चालन गरेर यो क्षेत्रलाई कृषि उत्पादनका लागि उर्भर क्षेत्र बनाएको छु । आज यसक्षेत्रको ३ हजार विगाहा जग्गामा सिंचाई पुगेको छ ।’
बामगठन्धनले असर पार्दैन, भन्ने प्रश्नमा उनी भन्छन–‘प्रचण्ड र केपी ओली मिल्दा यहाँका नागरिक मिल्छन भन्ने लाग्दैन । यो २ मा २ जोडेर ४ हुने अंक गणितीय हिसाव होइन । यहाँ भावनाको कुरो आउँछ , हिजो आँखा अगाडि भएका मार पीट, हत्या, चन्दा आतंकका घटनामा खाटो बसेको छैनन । हरेकका आँखा अगाडि ति घटना नाँचिरहेका छन् । हेर्नुस ,गठबन्धनको भोट जोडेर जित हुने भए किन चुनाव गरिरहनु प¥यो ।
फरक प्रसंगमा उनले भने – हाम्रो निर्वाचन क्षेत्रमा अन्तरघातको रोग
छैन ।
हिजो टिकटको आन्तरिक प्रतिस्पर्धा उभिएका साथीहरू आज चुनावी महा अभियानमा सँगै हुनुहुन्छ । चुनाव ब्यक्ति लडेको होइन । पार्टी लडेको हो । पार्टीले जित्दा हरेक कांग्रेसजनको शीर उँचो हुन्छ ।
कोइराला चुनाव जित्नेमा ढुक्क रहन आग्रह गर्दै भन्छन–‘मैले राजनीतिमा सबै ब्योहोरेको छु ।’ राजकाज मुद्धामा ८ महिना २६ दिन जेल बसेका कोइराला ५९ वर्षमा पहिलो पटक कांग्रेसले अवसर दिएको बताउँछन । पुरै जीवन राजनीतिमा कांग्रेसको झण्डा बोकेर बितिरहेको बताउँदै उनले भने– कुनै समय कांग्रेसले गाउँ बस्ने वातावरण थिएन , तर म आफ्नो गाउँ छोडेर कतै भागिन ।
कोइरालाले मोरङका पहाडी गाउँहरू रहेको क्षेत्र नं. १ ख लाई प्रदेशको
नमुना क्षेत्र बनाउने संकल्प गरेका छन् । उनी भन्छन–राजारानी पोखरी सम्म कालोपत्रे बाटो पुगेपछि त्यो क्षेत्र पर्यटकीय क्षेत्रका रुपमा विकसित हुनेछ । सिंहदेवी क्षेत्रको मौसम भेडेटारको भन्दा राम्रो छ । त्यहाँ प्रत्येक घरमा होमस्टे सञ्चालन गर्न सकिन्छ । उनले गम्भीर हुँदै भने– धेरै कुरा नगरौं,यस क्षेत्रमा फलफुल, तरकारी, नगदेबाली,चिया,पशुपालन गर्ने र होमस्टे सञ्चालन गर्ने प्रत्येक किसान र ब्यावसायिलाई खर्च कटाएर वार्षिक कम्तीमा ७ लाख रुपैयाँ आम्दानी गराउने अबस्थामा कांग्रेसले पु¥याउने छ , यो हाम्रो र मेरो प्रतिवद्धता हो ।
आफ्नो निर्वाचन क्षेत्रका नागरिक आर्थिक रुपमा समृद्ध बन्दै गएको बताउँदै कोइरालाले भने शिक्षा,सञ्चार, विजुली, स्वास्थ्य, खानेपानी र पूर्वाधार बिकासमा हामी निक्कै अघि छौ. । यो सब डिगबहादुर लिम्बूबाट सम्भव भएको हो । जहाँ सम्म, साविक ८ नं. बाट हाल १ नं.मा आएका गाउँहरू छन, तिनको बिकास र पूर्वाधार निर्माणका लागि नै हामीले कांग्रेसलाई भोट मागेको हौं । उनी थप्छन–अबको हाम्रो अभियान जहाँ समस्या छ , त्यहाँ समाधान र बिकास बजेट लिएर पुग्ने नै हो ।