Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अबको अर्जुनदृष्टि आर्थिक समृद्धिको – डिगबहादुर लिम्बू


हरि कोइराला
लेटाङ ।  नेपाली मोरङ क्षेत्र नं.१ले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेद्वारलाई जिताउन प्रचार प्रसारलाई आक्रमक बनाएको छ । बुधबार क्षेत्रीय प्रचार प्रसार समितिको सक्रियतामा मिक्लाजुङ र केराबारीमा प्रचार प्रसार तथा अनुगमन समिति गठन गरेको छ ।
मिक्लाजुङमा पार्टीका संयोजक सेमन्तराज दाहालको संयोजकत्वमा ५ सय ११ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ । यस्तै मानबहादुर राईको संयोजकत्वमा ९ सदस्यीय अनुगमन तथा मुल्याङ्कन समिति गठन गरिएको छ ।
उता केराबारी गाउँ पालिकामा प्रकाश बस्नेतको संयोजकत्वमा ५ सय १ सदस्यीय प्रचार प्रसार सतिति गठन गरिएको छ । केरावारीमा अनुगमन तथा मुल्याङ्कन समितिको संयोजकको जिम्मेवारी वीर्खबहादुर राईलाई दिइएको छ ।
प्रचार प्रसार समितिको गठन गर्दै प्रतिनिधि सभाका उम्मेद्वार डिगकहादुर लिम्बूले लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसको जित अनिवार्य रहेको बताए । उनले भने–७० वर्ष देखिको नेपाली नागरिकको सपना पुरा भएको छ । संघीय गणतन्त्रको स्थापना पछि भएको कम्युनिष्ट गठबन्धनले संसदीय ब्यवस्थालाई धरापमा पार्ने खतरा रहेको उल्लेख गर्दै कांग्रेसको  अबको  अर्जुनदृष्टि आर्थिक समृद्धिको मात्र रहेको बताए । कांग्रेसको विकल्प कांग्रेस नै भएको जिकिर गर्दै मोरङ कांग्रेसको सभापति समेत रहेका लिम्बूले अगाडि भने –कांग्रेसले  वार्षिक ५ लाख युवालाई रोजगार दिनेछ । हिजो द्वन्द्वका कारण युवा पलायन भएको प्रष्ट्याउँदै लिम्बूले कम्युनिष्ट एकाधिकार लागु भए फेरि पनि युवाहरू पलायन हुने खतरा बढेको औल्याए ।
कार्यक्रममा बोल्दै प्रदेश सभा ‘ख’का उम्मेद्वार ईश्वरी कोइरालाले उत्तरी मोरङको समग्र बिकासका लागि कांग्रेसको जीत आवश्यक भएको बताए । कोइरालाले सिंहदेवीलाई मोरङको प्रमुख पर्यटकीय गन्तब्य बनाइने उल्लेख गर्दै सिंहदेवी र राजारानी क्षेत्रमा सयौंलाई रोजगारी दिने गरी होमस्टे सञ्चालन गरिने घोषणा गरे । उनले रोजगारका लागि खाडी धाउनु नपर्ने भन्दै आर्थिक विकासका लागि कांग्रेसको जीत अनिवार्य रहेको जिकिर गरे ।
कार्यक्रममा युवा नेता रमेशजंग रायमाझी,प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेद्वार दिलिप सापकोटा लगायतले बोलेका थिए । कार्यक्रम नेपाली कांग्रेसका क्षेत्रीय सभापति खड्ग फागोको सभापतित्वमा भएको थियो ।     

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget