Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

आयो परदेशीको बिलौना

 काठमाडौँ – स्वदेशमा रोजगारी नपाए पनि बिदेशिएका नेपालीको कथालाई गीत मार्फत प्रस्तुत गरिएको गीत बजारमा आएको छ ।  आफु जन्मेको गाउ घर, साथी, भाई, आमा बुवा श्रीमतीलाई छाडेर विदेशिन बाध्य भएका नेपालीको कारुणक भावना पोखिएको गीत परदेशीको बिलौना बजारमा आएको हो ।


 लोक प्रिय गायक प्रियजन राई र ऋतु कोइरालाको आवाजमा रहेको गीतलाई प्रियजन राइले नै लय गरेका छन् । यस गीतको शब्द रचना नर बहादुर राइ र देव झिगु पुलामी मगरको छ । पुर्वेली लोक जुहारी गीत कमै मात्रमा बजार आउने गरेको छ । यो गीतले पछिल्लो समयमा पुर्वेली जुवारी गीतमा इटा थप्ने काम गर्ने बिस्वास व्यत्त गरिएको छ । 
गीतको म्युजिक भिडियोमा बादल ,पुर्णिमा र तुलसाले अभिनय गरेका छन् । पुर्वेली जुनतारा म्युजिक प्रा.ली.ले बजार व्यवस्थापन गरेको छ ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget