काठमाडौ ।
रन बहादुर खड्काले गाएको “ ए साइली ” बोलको गीत ज्ञानेन्द्र कोइरालाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो सार्वजनिक भएको छ । जसलाइ यसै गीतका गीतकार धन प्रधानले निर्माण गरेका हुन ।
रंगमञ्च पृष्ठभूमि बनाएका कलाकार ज्ञानेन्द्र कोइराला टेलिचलचित्र ,म्युजिक भिडियो लगायत छोटो चलचित्र निर्माण ,निर्देशनमा वर्तमान समयमा ब्यस्त छन ।
धन प्रधानको शब्द रचना,रन बहादुर खड्का “बिहानी किरण”को स्वर तथा संगीतमा सजिएको “ए साइली।।”गीतको अडियो तथा भिडियो धेरै भन्दा धेरै दर्शक तथा श्रोताको मन जित्न सफल हुदैछ ।
पुर्वको दमक आसपासका चपेटी रतुवा लगायतको रमणिय स्थानमा छायांकन गरिएको यस भिडियोमा दिपक बराल ,भुमिका चौहान र जीवन थापाको जिवनत् अभिनय रहेको यस भिडियोलाइ क्यामरामा कैद गरेकाछन तिलक रिजालले भने तुलसी बास्कोटाले सम्पादन गरेका छन ।
उक्त गीत गायक खड्काको दोश्र एल्बम “एभरग्रिन लभ ”मा समावेश गरिएको छ , भिडियोमा श्रृगार सोम मगरातीको छ भने भिडियो लाइ अझै सुन्दरता थपेको छ सन्देश मोतेको ड्रोन पाइलटले ।