Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

यो दुनियाँको कोहि महवीरसँग नायिका ऋचा शर्माले छक्का पन्जा हेर्ने दर्शकलाई मुर्ख भनेको भिडियो छ  ?


लेखक हेम गिरी  

          सन् २०१६ आयोजना भएको एक नेपाली साहित्य फ़ेस्टिभरमा नायिका ऋचा शर्माले हिरोको परिभाषाको विषयमा प्रस्तुत गर्नु भएको विचारदेखि नै उहाँ बौद्धिक  फिल्मीकर्मी हुनुहुन्छ भन्ने लागेको थियो तर त्यो बेला उहाँले प्रस्तुत गर्नु भएको तर्कमा कुनै बहस अनि विवाद भएन किन कि मानव मनको एउटा कुना नकरात्मकताले बनेको हुन्छ । त्यो कुना नै जीवनमा धेरै हाबी हुन्छ भन्ने सुनेको थिए  ।  त्यति उत्तम अनि उत्कृष्ट र सकारात्मक बिचारको लागि कसैले एक दुई शब्द खर्चेको देखिन तर अहिले सामाजिक संजालमा उहाँको पक्ष अनि विपक्षमा हजारौ स्टाटस देखिन्छ । हुन त हो, कसैको बारे  हामी राम्रोभन्दा नराम्रो खबर छिटो पत्याउँछौ अनि त्यसैलाई प्राथमिकतासाथ बहस अनि विवाद गर्न चाहन्छौ । मैले जीवनमा आज सम्म ऋचा शर्मालाई एक पटक पनि भेटेको छैन तर, अहिलेको आधुनिक प्रविधिको कारण उहाँलाई नजिकबाट चिनेको छु  । उहाँले प्रस्तुत गर्नु भएको भनाइको मूल कुरा नै नबुझी उहाँमाथी गेट वेल सुन भन्नेहरुले उहाँको भनाई रहेको भिडियो हेर्नु भयो कि भएन भन्ने ठुलो प्रश्न चिन्ह खडा भएको छ ? हामीले लेखेको कुरालाई त्यी फिल्मकर्मीले कति महत्व दिन्छन त्यो त थाहा भएन तर, पछिल्लो चोटी फेसबुकमा नेपाली चलचित्र क्षेत्रका एउटा विषयमा निक्कै बहस चलेको देख्दा अनि देश तथा विदेशमा रहेका दर्शक अनि चलचित्रकर्मीहरुले सो  विषयमा  सामाजिक संजालमा आफ्नो कुरा राखेको देख्दा ।  मैले पनि दर्शकको रूपमा केहि लेख्नु पर्छ भन्ने लगेर केहि कुरा उल्लेख गरेको छु ।  अभिनेत्री ऋचा शर्मा केहि हप्ता अघि सम्पन्न ‘एकादेशमा इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल’मा ‘वुमन इन फिल्मस्’ शीर्षकमा भएको छलफलमा वक्ताको रुपमा सहभागी भएर ‘छक्का पञ्जा ’का एक दृश्य आफूलाई अस्वाभाविक लागेको बताउनु भएको थियो तर उता उहाँले  ‘छक्का पञ्जा’ हेर्ने दर्शक मूर्ख भनेको आसयको शीर्षक राखेर नेपाली मिडियाले सो कार्यक्रमको भिडियो प्रकाशित गरेपछि ‘छक्का पञ्जा होइन, छक्क पन्जा -२ को ’समूहले उहाँलाई  ‘गेट वेल सुन’ भन्दै उहाँको स्वास्थ्यलाभको कामना गरे । उहाँले छक्का पन्जाको एक दृश्यको कुरा गर्नु भएको थियो तर उहाँलाई छक्का पन्जा २ का समूहले समुहिक रुपमा सामाजिक संजाल मार्फत सबैले एउटै स्टाटस पोस्ट गरेर हमला गरे। जुन उहाँको लागि सोचेको भन्दा फरक हुन बन्न पुग्यो  । नायिका ऋचा शर्माको समाचार बाहिरी पछि सामाजिक संजालमा आएका छक्का पन्जा-२ समहूको  सामूहिक आक्रमणमा सो चलचित्रका कलाकार दीपकराज गिरीले स्टाटस नै लेखेर हाम्रो फिल्म हेर्ने हेर्ने दर्शकलाई मुर्ख भन्ने नायिका ज्युले कहिल्यै दर्शक नै पाउनु भएन समेत भन्नु भयो तर, त्यो झुठो अनि  प्रपोकाण्डवाला स्टाटस  थियो ।  मूल कुरा त छक्का पन्जा हेर्ने दर्शकलाई मुर्ख शब्द उहाँले प्रयोग गर्नु भएकै थिएन । उहाँले छक्का पन्जाको एक दृश्य, जुन महिलालाई हरेक रात थप्पड हान्छु अनि मात्र विवाह गर्छु भन्दा हाँसेर ताली पिट्ने दर्शकहरु देखेर आफु अनि आफ्नो केहि साथीहरुले ताली पिट्न नसकेको बताउनु भएको थियो । सबैजना रमाईलो मानिरहेका थिए तर, आफुहरुलाई चाहि मुर्ख जस्तो अनुभव  भएको बताउनु भएको थियो । त्यति भन्नु कुनै ठुलो गल्ति होइन, आफुले महसुस गर्नु पाइन्छ । सो दृश्य सामन्य दृश्य भएर नै होला अरुले ताली पिटेको भन्ने तर्क पनि  पेश गर्नु भएको थियो  । एउटा दृश्यको कुरा गरे पनि नेपाली फिल्ममा महिला माथी थप्पड हान्छु भन्दा हाँस्नु  ताली पिट्नु आफुले नसकेको कुरा गर्नु भएको उहाँलाई र छक्का पन्जा फिल्मलाई नै  जोडेर दुनियाँले अनेक समाचार अनि स्टाटस फेसबुकमा पोस्ट गरे । उहाँले  त्यस बेला प्रस्तुत गर्नु भएको भनाईको भिडियो हेर्दै नहेरी फेसबुकमा कराउनेहरुको गरिब मानसिकता देखेर  नेपाली फिल्म क्षेत्रप्रति धेरै माया लागेर आयो । उहाँहरूको धेरै माया लाग्यो ।
त्यसरी कराउनेहरुलाई उहाँको सो भिडियो पुरा पुरी हेर्नु हार्दिक अनुरोध गर्दछु । अर्को कुरा ऋचाले प्रश्न सोध्ने प्रस्तोताको सुरुको प्रश्नको उत्तर भन्दै आफुलाई पनि दर्शक झैँ ठानी हामी दर्शक पाखण्डी छौ भन्नु भएको छ तर, उहाँले छक्का पन्जा हेर्ने दर्शकलाई पाखण्डी भन्नु भएको हो भन्ने कुरा त्यो भिडियोबाट मैले चाहिं बुझिन । उहाँलाई सोधिएको प्रश्न के थियो अनि उहाँले किन उत्तर त्यसरी दिन भयो भन्ने कुरा बुझ्नु पर्छ सुरुमा । उहाँ नेपाली फिल्म उद्योगमा हुनुहुन्छ । उहाँले पनि महिला हिँसा भएको फिल्ममा अभिनय गर्नु भएको छ तर,त्यस्तो फिल्महरुको केहि दृश्यबाट आफुले मनोरन्जन लिन नसकेको उहाँले बताउदै आउनु भएको छ  ।  यसो भन्दैमा आफुलाइ नमिठो लागेको कुरा रोक्नै पर्छ भन्ने हुन्न या त्यो कुरा रोक्न सकिनन् पनि । अभिनेत्री र महिला हुनुका साथसाथै अरुको फिल्मका लागि दर्शक पनि हो उहाँ । अरुका फिल्मका बारेमा उहाँलाई  जे लाग्छ त्यो बोल्ने उहाँलाई अधिकार छ । तर, उहाँले प्रस्तुत गर्नु भएको पुरा सन्दर्भ नबुझी फेसबुकमा  किन उहाँमाथी हमाल भयो त ? छ कोही महवीर यो दुनियाँमा ?? जो सँग , ऋचा शर्माले बोलेको मात्र होइन प्रश्नकर्ताले के प्रश्न सोध्नु भएको अनि  ऋचाले  छक्का पन्जा हेर्ने दर्शकहरु मुर्ख हुन् भन्नु भएको  भिडियो ? यदि छ भने,प्रस्तुत गर्नु होला !  मलाई थाहा छ, सत्य कुरा बोल्ने आँट ऋचा शर्मा जस्ता मुटु भएका मान्छेमा मात्र रहेछ । उहाँलाई  सो फिल्म मन परेको या मन नपरेको भन्ने कुरा नै छैन  ।  छ त केवल गुनासो बहिरा महिला हिँसा हुनु हुँदैन भन्ने अनि फिल्ममा महिला हिँसा भएको देख्दा ताली  पिट्ने महिलाबादीहरुसँग । मूल कुरो नबुझी  छक्का पन्जाको समुहले ऋचा शर्मा सम्बधी त्यसरी स्टाटस लेख्नु एकदम धेरै हतारो गरे । हतार मात्र होइन,ठुलो गल्ति पनि गरे  ।  प्रियंका कार्कीले जस्तै अरुले पनि आफ्नो गल्तिको महसुस गर्ने पर्छ  माफ नै माग्नु पर्छ भन्दिन तर, गल्तिको महसुस गर्ने पर्छ.रीचाले दर्शक नपाएको भन्नु हुने  दीपकराज गिरीहरुले  नेपाली चलचित्रको धार नै परिवर्तन गरेको चलचित्र लूटमा ऋचाले अभिनय गर्नु भएको थियो भन्ने कुरा यति छिटो भुलिसक्नु भएछ  । सो चलचित्रले धेरै भन्दा धेरै दर्शकको साथ अनि माया पाएको थियो अनि बाटो मुनिको फूल २ ले दर्शक नपाएको भन्न मिल्दैन, ऋचाले ‘टलकजंग भर्सेस टुल्के’ बाट उत्कृष्ट नायिकाको राष्ट्रिय पुरस्कार समेत प्रताप गर्नु भएको थियो । दर्शकको साथ कमेडी फिल्मलाइ मात्रा होइन, यथार्थफरक फिल्मलाई पनि मिल्छ । हो, महाभारतमा “द्रौपदी माथि अन्याय हुन्छ लछार पछार  पारिन्छ , त्यसैले युद्द हुन्छ  द्रौपदी जित्छिन् अन्याय गर्ने हार्छन् अनि रामायणमा  रावणले सिता माथि अन्याय गर्छ र त्यसै कारणले उ अन्त्यमा मारिन्छ । यो  कुरा सहि हो तर, रावणले सितामाथी अन्यान गर्दा कसैले पनि ताली पिटेको मैले कहिलै देखिन्न अनि द्रौपदी माथि अन्याय हुँदा हाँसेर ताली पिटेको पनि देखिन  ! हो,ऋचा शर्माको भनाइ नै यहि हो जस्तो लाग्छ मलाई । फिल्मको कथा वस्तु जस्तै भए पनि फिल्मको एक  दृश्यमा महिला माथी भएको अन्यायमा ताली पिटेको उहाँलाई मन नपरेको हो । अन्याय भएको देखाउनु हुन्न थियो भन्ने होइन । अन्याय हुँदा हाँसेर ताली पिटेर रमाउनु हुन्न थियो भन्ने हो । यसमा धेरै दर्शकहरु पनि सहमत हुनु भएको छ । छक्का पन्जा फिल्ममा महिला हिंसा भएको भनेर एक महिलाबादीले लामो पत्र  लेखेर बिरोध गर्नु भएको मलाई थाहा छ ऋचा शर्मा मात्र होइन, सो फिल्मको त्यस्तो दृश्यप्रति गुनासो गर्ने  । केहि फिल्म समिक्षकहरुले पनि त्यसरी नै समिक्ष लेखेको पनि मलाई थाहा छ ।  महिलालाई थप्पड हानेको चलचित्र धेरै छन् तर, किन  ऋचा शर्माले  छक्का पन्जाको बारेमा मात्र बोल्नु भएको होला भनेर मैले पनि धेरै समय खर्च गरे र अन्तिममा निर्णय निकाले, जुन फिल्मले धेरै दर्शकको माया पाएको छ । जुन फिल्म हिट भएको छ । जुन फिल्ममा दर्शकको आँखामा परेको छ  त्यसैको बारेमा जसले पनि बोल्ने हो त्यहि कारण ऋचा शर्माले पनि बोल्नु भएको होला भन्ने लाग्यो । ऋचा शर्माले  नेपाली फिल्म क्षेत्रको लागि एउटा राम्रो बहस प्रस्तुत गर्न भएको छ  तर, केहि फिल्मकर्मीले बुझ्न सक्नु भएन तर, मलाई आशा छ उहाँहरुले पनि बुझ्नु हुन्छ अनि यो बहसमा सकारात्मक रुपमा सहभागी जनाउनु हुन्छ ।  फिल्ममा चुरोट या  मदिरा सेवान गर्दा त स्वस्थ्याको लागि हानिकारक छ भन्ने सन्देश आउँछ । ट्राफिक नियम पालना नगर्दा ट्राफिक नियम पालना गरौ भन्ने सन्देश आउँछ  तर, महिला पिट्छु भन्दा या महिला हिँसा भएको  दृश्य प्रस्तुत हुँदा महिला हिँसा विरुद्धको सन्देश किन आउँदैन ? अब सधै पुरानो फिल्मलाई फ्लो गरेर हुन्न । फिल्म मेकरहरुले अबको फिल्ममा यसरी परिवर्तन गरे  ऋचा शर्माहरुले सुरु गरेको बहसले प्राप्त गरेको ठुलो परिवर्तन या उपलब्धी हुनेछ ।

हाल- अमेरिका


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget