उर्लाबारी÷उर्लाबारी – ६ का विजय खवास पहिलोपल्ट आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्दैछन् । हाम्रो भन्दा नि, राम्रो उम्मेद्वारलाई भोट दिएर जिताउनुपर्छ भन्ने सोच राख्ने उनी आगामी निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ क को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार ललित अधिकारीलाई मतदान गर्ने पक्षमा छ ।
स्थानीय स्तरमा परिचित मात्र नभएर यस क्षेत्रका विकास निर्माणमा कुनै पदमा नरहदाँ समेत आफ्नो ठाउँबाट सक्दो पहल गर्दै आएका उनलाई जिताए मात्र यस क्षेत्रमा परिवर्तन सम्भव रहेका खवासको ठम्याई छ ।
यस्तै सोही वडाका अर्का यूवा सुरेस मगर पनि स्थानीय ललित अधिकारीले नै चुनाव जित्ने भएकाले उनैलाई नै भोट दिएर आफ्नो भोट खेर नफाल्ने सोचमा छन् । उनी भन्छन्, हिजो द्वन्द्वकालमा हाम्रा दाजुभाईलाई विभिन्न कारण देखाएर भाटे कार्वाही गर्ने, मरिमराउमा तास खेल्दा समेत तास नै खुवाईदिने अनि सामान्य झै झगडाका विषयमा पनि पावर देखाएर कुटपिट गर्ने पार्टीका उम्मेदवारले कुनै पनि अवस्थामा भोट पाउने छैनन ।
आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि घरदैलोमा सक्रिय ललितलाई यतिबेला यस क्षेत्रका नगर तथा गाउँवासीको भरोसा र साथ मिल्दै गएको छ । जसले गर्दा मतदाता उनको पक्षमा छन् र उनी निर्वाचन जित्दैछन् भन्ने सहज आँकलन गर्न सकिन्छ । झुपडी देखि महलसम्मका मतदाता उनलाई जिताउने अठोटमा छन् । पहिलोपल्ट प्रत्यक्ष निर्वाचनमा उठेका उनलाई समाजका सबै जातजाति, भाषा, धर्म र सँस्कृति मान्ने समुदायले रोजेको छ ।
उर्लाबारी –५ की सुसिला श्रेष्ठले यो निर्वाचनलाई अलि भिन्न रुपले लिएको बताउँछिन् । सत्तामा पुगेपछि जनताका लागि भन्दा पनि आफु र आफ्ना आफन्तका लागि मात्र काम गर्ने नेता भन्दा आफ्नो गाउँ ठाउँका लागि बिकास गर्नू पर्छ भन्ने श्रेष्ठको धारणा छ । विकासको भिजन भएका नेता ललित अधिकारी उम्मेद्वार भएकाले पनि उनी यस निर्वाचनमा मतदान गर्न आतुर रहेको बताउँछिन् ।
माओवादीले कहिले, कहाँ कोसँग कस्तो भूमिका खेल्ने हो? कुनै टुङ्गो छैन् हिजो छोरी जिताउन कांग्रेसलाई ढाल बनायो अहिले एमालेलाई रोजेको छ त्यसैले पनि यस्तो छेपारो जस्तो रंग फेर्ने माओवादीका उम्मेदवारलाई कुनैपनि हालतमा भोट नदिने उर्लाबारी – ४ की सानु गुरुङले बताईन् । माओवादीलाई गुरिल्ला देख्ने एमालेको र माओवादी विचको चुनावी एकता नेताको स्वार्थपूर्तिका लागि मात्र भएको पनि उनको ठम्याई छ ।
टाढाँका देउता भन्दा नजिकका भूत नै काम लाग्छ,त्यसमा नि झन् ललित जस्तो उदार भावका नेतालाई यस क्षेत्रका उम्मेदवारका रुपमा पाउनु अहोभाग्य रहेको उर्लावारी ३ कि रबिना धिमाले बताईन् । उनी आफू मात्र नभएर आफ्ना परिवार र सिंगै गाउँका छरछिमेकहरुलाई पनि ललितलाई भोट दिएर जिताउन मत मागेको बताउँछिन् ।
यो क्षेत्रलाई समृद्ध बनाउने जिम्मा ललितको काधमा आएको स्थानीय बजार, चोक र मतदाताहरुको जिब्रो झुण्डिएको पाइन्छ ।
ललित भन्छन्, राजनीतिक अस्वस्थ्य प्रतिस्पर्धा छोडौं । विचारमा प्रष्टता,संगठनमा प्रतिवद्धता र नेतृत्वमा एकरुपता देखाउन सके मात्र देश आर्थिक समृद्धि तिर लाग्छ । सहिदको सपना साकार हुनसक्छ । शासन विधिको हुनुपर्छ कुनै पार्टीको व्यक्तिको होइन् । विधिको शासन थालनी भयो भने साना तिना समस्याले विकास र रोजगारी सिर्जनामा कुनै असर पार्न सक्दैन ।
उर्लाबारी ५ निवासी ललित अधिकारी स्थानीय स्तरमा सामाजिक ब्यक्तित्वमा रुपमा परिचित छन् । ललितको लागि अहिले कांग्रेसीहरु निक्कै सक्रियको साथ लागि परिरहेका छन् । त्यसो त बाहिरी रुपमा नखुले पनि अन्य दलकाहरुले पनि सहयोग गर्ने बुझिएको छ । गाउँ गाउँमा ललितको पक्षमा निक्कै माहौल बढेको छ ।