Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

नोबेल बेचेको समाचार भ्रामक –डा.शर्मा


बेलबारी÷नेपाली कांग्रेस मोरङ ३ का प्रतिनिधि सभाका उम्मेद्वार डाक्टर सुनील शर्माले नोबेल अस्पताल बिक्री गरेको भन्ने समाचार भ्रामक र कपोकल्पित भएको बताएका छन् ।  निर्वाचनको मौन अबधि सुरु हुन केही घण्टा बाँकी हुँदा केही अनलाइन समाचारहरूले अस्पताल बिक्री गरेको काल्पनिक समाचार अनलाइन समाचारहरूमा पोष्ट गरेर पत्रकारिताको खिल्ली उठाएको  डाक्टर शर्माको भनाई छ ।
बाम गठबन्धनका उम्मेद्वार चुनाव हार्ने निश्चित भएपछि गठबन्धन कै मतियारहरूले गलत समाचार सम्प्रेषण गरेर पत्रकारिताको बदनाम गराएको उनले बताए र उनले भनेका छन्–‘अस्पताल बेच्यो, अब सुनील शर्माले  निशुल्क उपचार र बीमा गर्दैन भन्ने सन्देश दिन विपक्षीहरूले यस्तो हर्कत प्रयोग गरेका हुन । उनले भने –पेशाले चिकित्सक हुँ । चुनाव जित्ने शत प्रतिशत निश्चित छ,धाँधली गरेर पराजित गराए भने म अलैची खेती गर्न पहाड जान्न, उनले थपे–अस्पताल चलाउँछु , विद्यार्थी पढाएर बस्छु ।
बिनोद चौधरीले किन्न लागेको भनेर समाचार लेखेपछि जनताले पत्याउँछन भन्ने पत्रकारको दृष्टिकोण नै गलत छ । यस्ता कोठे समाचारले कांग्रेसको जीतलाई न त रोक्न सक्छ , न छेक्न सक्छ । हजारौंलाई साक्षी राखेर दीन दुखीको उपचार गरेको छु । अब केही गरी हराउन नसकिने भइयो भन्नेमा पुगेपछि बामगठबन्धनले अस्पताल बेचेको हल्ला फिँजाएको डाक्टर शर्माले बताए ।
उनले यस्ता सस्ता हल्लाले आफ्नो लोकप्रियता नघट्ने बताउँदै अगाडि भने–‘म जनताका सामू बोलेको कुरा पुरा गरेर छोड्छु । २५ वर्ष कम्युनिष्टले नगरेको बिकास निर्माण ५ वर्षमा गरेर देखाउँछु । चुनाबमा उठ्ने भएर मात्र जनताको काम गरेको होइन । ७ वर्षयता हामी निरन्तर जनताको सेवा गरिरहेका छौं । कोठामा बसेर मनगणन्ते समाचार लेखी दुई चार सयले पनि नहेर्ने अनलाइनहरूमा समाचार पोष्ट गर्दैमा कांग्रेस हार्दैन । उनले भने ‘हात्ती लम्कने हो ,कुकुर भुक्ने हो ।
विचारको राजनीति गर्न नसके पछि  बामगठबन्धन आक्रमणमा निस्कन्छ । विगतमा पनि बामगठबन्धनका लोकप्रिय युवाहरू कांग्रेस प्रवेश गर्दा एमाले र एमाओवादी केन्द्रले बाटो छेकेर कुट्ने प्रयास गरेका थिए । शर्माले आफू प्रतिको आकर्षण घटाउन जस्ता जुकै अस्त्र प्रयोग गरेपनि जीत रोक्न नसक्ने चुनौति दिए ।   

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget