Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मतदाता भन्छन्–सुयर्मा राईलाई भोट दिन आतुर छौं


कानेपोखरी÷ न त उनको एक धुर जग्गा छ ,न त टाउको लु्काउने  नीजि घर नै । उनी सँग छन् ,त केवल हजारौं साथी भाइ, ईष्ट मित्र र शुभेच्छुक । उनी कहिले आर्यघाटमा समवेदना प्रकट गर्दै हुन्छन, त कहिले बाढी पीडित वृद्ध वृद्धाको पीडामा मल्हम पट्टी लगाइरहेका हुन्छन ।
माथि उद्धृत हरफहरू कुनै कथाकारको कथाबाट टिपेका अंश होइनन । न त कुनै निबन्धबाट पैंचो नै लिइएका बाक्य नै हुन । मोरङ ३ ‘क’का कांग्रेस उम्मेद्वार सुयर्माराज राईको नीजि जीवन नै खोलाको बाढी र जग्गा प्राप्तिको लडाईमा बितेको छ । कुनै समय पिताजी सर्बधन राईको साविक बयरवन ७ को हात्तीडुब्बा भन्ने ठाउँमा केही जग्गा थियो । तर त्यो जग्गाको लालपुर्जा थिएन । लालपुर्जा पाउने सपना देख्दा देख्दै सर्बधन त्यो जग्गा बेचेर अलि बढी जग्गामा खनि खोस्री गरेर दुई छाक जाउलो खाने कल्पना गर्दै साविक केरौन १ को चिसाङ किनारमा पुगे । तर,त्यहाँ पनि सर्बधनले आफ्ना लालाबालालाई सुरक्षित गर्न सकेनन । चिसाङले उठिबास लगायो ।
पिताजीले जुन नियति भोग्नु परेको थियो ,त्यही नियतिसँग सुयर्माले आज संघर्ष गरिरहेका छन् । उनी भन्छन– म बाढी पीडित मात्र होइन, सुकुम्बासी पनि हुँ । मलाई गरिवीको बारेमा थाहा छ । हिउँदमा भकारी भरि धान राखौला र वर्ष भरिको अन्नको जो हो गरौला भन्ने कयौं सपना पानीको फोका झैं फुटेका छन्, उनका ।उनी थप्छन–‘चिसाङलाई पाता कस्ने र सुकुम्बासी समस्या समाधान गर्ने मेरो पहिलो एजेण्डा हो ।’ 
अहिले उनको घर भएको स्थानमा चिसाङ खोलाको साम्राज्य छ । भरखर ४० वर्ष पुगेका राई सत्ता र शक्तिमा हुँदा मात्र जनताको झुपडी पुग्दैनन । केरौनको धाप गाउँमा उनले उज्यालो अभियान कार्यक्रम चलाए । घर अगाडिबाट बिजुलीको तार गएको छ , तर पैसाको अभावमा विजुली बाल्न नपाएका धेरै विपन्नहरूलाई उनले सौर्य बत्ती जडान गरेर उज्यालो प्रदान गरे । आज उनीहरू सुयर्मालाई जिताउन सके आफ्ना दिन फर्कने बताउँछन् ।कानेपोखरी–५ चिसाङ खोला किनारमा सानो झुपडीमा आफूलाई लुकाइरहेकी डम्बरकुमारी बिकले भनिन–‘सुयर्मा भाइले चिसाङमा तटबन्धका लागि धेरै काम गर्नु भएको छ । चिसाङ खोलामा झोलुङ्गे पुल बनाउने अभियानमा उहाँले गर्नु भएको काम हामी कहिल्यै विर्सन्नौं । उनले कहिले २१ गते आउँछ र राईलाई मतदान गर्नु जस्तो लागेको बताइन । उनले थपिन, सुयर्मा भाइलाई जिताउन पाए,हिउँद वर्खै ढुक्कले सुत्न पाइने थियो । वर्खायाममा आकास गड्गडाउन थालेपछि कतिबेला झुप्रो बगाउँछ , टुङ्गो हुँदैन , उनले आँखा भरि आँशु पारेर भनिन । 
सोही गाउँका प्रेम धिमाल पनि राईलाई जिताएर गाउँमा बिकास भित्त्राउने बताउँछन् । उनी थप्छन–सुयर्मा(सागर) भाइले चुनाब नजित्दै बाटो घाटो बनाउने, झोलुङ्गे पुल बनाउने, सौर्य बत्ती ल्याउने काम गर्नुभयो, जितेपछि झनै बिकासको काम होला भन्नेमा म ढुक्क छु  ।
६५ वर्र्षीय जब्बरबहादुर राईले पनि सुयर्मासँग भरोसा गरेका छन् । भन्छन–पढे लेखेको केटो, लोभ लालच गर्दैनन, ठूलो जागिर छोडेर सामाजिक काम गर्न आएका छन् । त्यसैले उनलाई भोट दिन आतुर छु । के बृद्ध,के युवा ,के महिला, के अधवैसे सबैको रोजाईमा छन् मोरङ ३ क मा सुयर्माराज राई ।
पथरीशनिश्चरे –८ का खेमराज गौतम राईलाई जिताउन अहोरात्र खटेका छन् । गौतमले भने–कांग्रेसले प्रोफेसर र डाक्टरलाई उम्मेद्वार बनाएर पठाएको छ । यस क्षेत्रका मतदाता धेरै भाग्यमानी रहेछन् । उनले उधारो बिकास गर्ने कम्युनिष्टहरूका उम्मेद्वारको तुलनामा कांग्रेसका उम्मेद्वार अब्बल भएको बताए ।उनले भने‘अब
बिद्यार्थी राजनीतिबाट कांग्रेस राजनीतिमा आएका राईले गत साउनमा आएको ््््बाढीबाट पीडित कानेपोखरी–३ की १०५ वर्षीया नाङ्गे मुर्मुको पुनस्र्थापनाका  लागि
्््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््घर बनाउने खर्च जुटाइ दिए । राई भन्छन– बाढीबाट विस्थापित हुँदाको पीडा मैले बुझेको छु । मुर्मुको विजोग देखेपछि मैले अभियान चलाएको हुँ ।
कांग्रेसहरू मात्र होइन, एमाले, माओवादी र लिम्बूवानका कार्यकर्ता पनि सुयर्माराज राईले जित्नु पर्ने बताउँछन् । एक एमाले कार्यकर्ताले नाम गोप्य राख्ने सर्तमा भने‘गाउँको भाइ उम्मेद्वार छ, कहाँको गठबन्धन खोजेर हिडौं ।’पार्टी र बिचार  एकातिर छ ,तर हाम्रा समस्याका लागि सबै भन्दा पहिले राई आई पुग्छन ।’उनी थप्छन्–टाढाको देउता भन्दा नजिकको भुत नै काम देला ।
साँच्नै नै राईले आजका मिति सम्म सामाजिक काम गर्दा दल हेरेका छैनन । उनी थप्छन–जसले सहयोग मागेको छ , सकेको गरेको छु । राई भन्छन–‘धन नभए पनि मनको उदार छु ।’बामगठबन्धकी उम्मेद्वार गीता तिम्सिनासँग मुख्य प्रतिस्पर्धा हुने कार्यकर्ताको ठम्याई छ । मोरङ ३ क मा जम्मा ८ जना उम्मेद्वार छन् । ति मध्ये हरेक दृष्टिकोणमा राई योग्य र असल भएको मतदाता बताउँछन् ।   

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget