Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कांग्रेसले ग¥यो ६०३ जना वृद्ध–वृद्धालाई नागरिक सम्मान



पथरी÷नेपाली कांग्रेस पथरीशनिश्चरे वडा  समितिले बुधबार ६०३ जना वृद्ध–वृद्धालाई नागरिक सम्मान गरेको छ ।
पथरीस्थित नेपाली कांग्रेसको चुनाव प्रचार प्रसार कार्यलय परिसरमा भएको कार्यक्रममा ६० वर्ष माथिका वृद्ध–वृद्धालाई दोसल्ला ओढाएर मिष्ठान्न भोजन गराई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै नेपाली कांग्रेस मोरङ ३ का प्रतिनिधि सभा उम्मेद्वार डा. सुनीलकुमार शर्माले वृद्ध–वृद्धाहरू समाजका ऐना भएको बताए । उनले कांग्रेसको सरकारले वृद्धहरूलाई सम्मानसँगै स्वास्थ्य उपचार र यातायातमा शत प्रतिशत छुटको ब्यवस्था गर्ने बताए । उनले भने–‘कांग्रेसलाई जिताउनु होस, एक रुपियाँ पैसा नलिई उपचार गर्ने ब्यवस्था कांग्रेसले मिलाउने छ ।
प्रदेशसभा क का प्रत्यक्ष तर्फका उम्मेद्वार सुयर्माराज राईले पाकाको आशिर्वाद लिएर निर्वाचन अभियानमा होमिएको बताउँदै वृद्ध वृद्धाहरू जिउँदो इतिहास भएको बताए । उनले भने–कितावमा पढेको कुरा उहाँहरूसँग प्रत्यक्ष सुन्न पाइन्छ । उनले वृद्ध वृद्धलाई सामाजिक सम्मान र सुरक्षाको प्रत्याभुति गर्ने जिम्मा कांग्रेसले लिएको बताए ।
नेपाली कांग्रेस १ नं. वडा समितिको आयोजनामा भएको कार्यक्रमलाई नेपाल महिला संघले समेत सहयोग गरेको थियो । बडा समितिका सभापति काजी साँवाको सभापतित्वमा भएको कार्यक्रममा मोरङ ३ का प्रतिनिधि सभाका समानुपाति उम्मेद्वार बसन्त भट्टराई र प्रदेश सभा तर्फका समानुपातिक उम्मेद्वार शेखरचन्द्र थापाले समेत बोल्नु भएको थियो । कार्यक्रम नेपाली कांग्रेस नगर समितिका सचिव दुर्गाप्रसाद भट्टराईले सञ्चालन गरेका थिए । 

Labels:

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget