Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

नाचुको फाईनल माघ १४ गते, नृत्य र गायनका प्रतियोगी बिच प्रतिष्पर्धा हुदै


बिराटनगर ।  पछिल्लो समय देशब्यापी तथा स्थानिय स्तरमा गायन, नृत्य तथा सौर्न्दर्य बिधामा रहेर निकै रियालिटी शो हरु हुने गरेको छ । यसै क्रममा साईमन्स फिल्म एण्ड ईन्टरटेन्मेन्ट मुम्बई र राजबशी सास्कृति संरक्षण बिकाश मंचको सयुक्त आयोजनामा भईरहेको पुर्वान्चलब्यापी ुनाचु  को यहि माघ १४ गते फाईनल हुने भएको छ । पुर्वाञ्चलमा पहिलो पटक सबै भाषालाई प्राथमिकता दिदै ओझेल परेका प्रतिभालाई बाहिर ल्याउने उदेश्य सहित यो कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक साइमन राजबंशीले बताए । साईमनले निकै लामो समय सम्म भारतमा बसि बलिउडका गीतहरुमा कोरियोग्राफी गरेसकेका छन् ।

मोरङस्थित कर्शियामा भब्य र सभ्य ढंगले हुने फाईनलमा झापा र मोरङ जिल्लामा २ चरणको अडिसनबाट नृत्य तर्फ १२ जना प्रतियोगी र गायन तर्फ १३ जना प्रतियोगी छनौट भएका छन् । यता प्रतियोगिताको निर्णायकको भुमिकामा गायनतर्फ सास्त्रीय संगीतका गुरु  कुशेस्वर राई,लोकप्रिय एवम राजबंशि भाषा  स्टार गायक  बलबहादुर राजबंशी , गीतकार गोपाल राजबंशि रहेका छन् भने नृत्य तर्फ साईमन राजबंशी र मनोज राजबंशी निर्णायकको रुपमा प्रस्तुत भैरहेका छन् । यो प्रतियोगिता ुनाचु,र गयानमा प्रतिभालाई  सम्मान गर्दै प्रतियोगीहरुबाट चर्को शुल्क नउठाईएको आयोजकले बताएका छन् । यहाबाट बिजेता भएकाहरुले अवसरको रुपमा मुम्बईमा   प्रशिक्षण लिन पाउने छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget