Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

लागूऔषधसहित बिराटनगरबाट एक पक्राउ


मोरङ, माघ ८ गते।

मोरङको बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले सोमबार अपरान्ह लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

 बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बराटनगरबाट खटिएको टोलीले सुनसरी बराह नगरपालिका ७ बस्ने २१ बर्षिय सनम बिश्वकर्मालाई अपरान्ह साढे ४ बजे लागूऔषधसहित पक्राउ गरेको हो।

 बिश्वकर्मालाई भारतबाट को ९ प २८९४ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेको अबस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिटमुनी लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध एभिल १ सय एम्पुल, लुपिजेसिक १ सय एम्पुल, डाईजेल्याव १ सय एम्पुल, नाईट्रोसन ट्याब्लेट ४ चक्की, स्पास्मोप्रोक्सिभन ८ चक्की र डाईलेक्स डि.सी. १ बोतल फेला पारी बरामद गरेको हो।

 बरामद लागूऔषध सहित बिश्वकर्मालाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको ब्यूरो प्रहरीले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget