Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

दाताहरूलाई विद्यालयको सम्मान



उर्लाबारी÷मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले उर्लाबारी–९ स्थित प्रभात आधारभुत विद्यालयको भौतिक भौतिक संरचना र ब्यवस्थापनमा  सहयोग पु¥याउने दाताहरूलाई  शुक्रबार सम्मान गर्नु भएको छ । 
सम्मानित हुनेहरूमा दाताहरू सुन्दर श्रेष्ठ,योवाहाङ लिम्बू लोलिम लिम्बू र कलाकार डम्बर नेपाली हुनुहुन्छ । 
सम्मानित सबै विद्यालयका पूर्व विद्यार्थीहरू हुन् । सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख फागोले समाज सँग सधैं लिन मात्र खोज्नेहरूलाई कहिल्यै निन्द्रा नलाग्ने बताउनु भयो । समाजलाई सहयोग गर्नेहरू दाताहरू सधैं सम्मानित हुने बताउँदै उहाँले विद्यालयको पूर्वाधार विकासमा सहयोग गर्ने सबैदातालाई बधाई दिनुभयो ।
दातहरू मध्ये श्रेष्ठले विद्यालय परिसरमा २ लाख ७४ हजार ३८० रुपैयाँ खर्चेर मञ्च निर्माण र बिद्यालयमा रंगरोगन गरिदिनु भएको थियो । शुक्रबार सोही मञ्च श्रेष्ठले विद्यालय परिवारलाई हस्तान्तरण गर्नु भएको हो ।
यस्तै यसै वर्ष विद्यालय परिसरमा श्रेष्ठले १३ हजार ५ सय रुपैयाँका विभिन्न जातका विरुवा प्रदान गरी वृक्षारोपण समेत गरिदिनु भएको थियो । श्रेष्ठको योगदानको उच्च मुल्याङ्कन गरी सम्मान गरिएको विद्यालयका प्रधानध्यापक मोहन चापागाईले बताउनु भयो । 
यस्तै सोही अवसरमा विद्यालयको पूर्वाधार विकासमा सहयोग पु¥याउने केविआई ग्रुपका सदस्य योवाहाङ तुम्बाहाम्फेलाई सम्मान गरिएको छ । केविआई ग्रुप सँग सम्बन्धित युवाहरूले विद्यालयलाई १ लाख७७ हजार ६ सय रुपैयाँ नगद सहयोग गरेको थियो ।
यस्तै कुलझोडा फेसबुक समूहका संयोजक लोलिम पोमुलाई पनि सम्मान गरिएको छ । उक्त समूहले विद्यालयलाई ५ थान कम्प्युटर र १ थान इन्र्भटर र ब्याट्री उपलबध गराएको थियो । सो विद्यालयका विद्यार्थी अधिकांश बैदेशिक रोजगारका क्रममा हङ्कङ  लगायतका देशमा रहेका छन् ।
सोही अवशरमा चर्चित गायक डम्बर नेपालीलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रम विद्यालयका अध्यक्ष रुद्रबहादुर लिम्बूको सभापतित्वमा भएको थियो । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget