Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

को हुन बिजय र यूवराज, जसले न्यानो कपडा पठाए कर्णली ।




काठमाडै । शान्ति समाज नेपाल काठमाडौको आयोजनामा संचालन गरेको कपडा वितरण अर्थात न्यानो वितरण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौको सुकुम्बासी बस्तीमा माघ ६ गते वृद्धवृद्धा अपाङ्गता भएकाहरु, भुकम्पपिडित, सितलहर चिसो पिडितहरु करिब १५० जनालाई वितरण गरिएको सस्थाका अध्यक्ष शान्तिदिप रेग्मीले जानाकारी दिनुभयो । कपडा संकलनको मुख्य भुमिका किमथाङ्का बचत संस्था बोैद्ध काठमाडौ का अध्यक्ष यूवाराज खड्का र चितवन टेलरिङ् सेन्टर पिङ्लास्थान काठमाडौका संचालन यूवा व्यवसायी तथा समाजसेवी विजय अधिकारीले उल्लेखनीय सहयोग गर्नु भएको थियो । त्यसै गरी क्रिष्ट एजुकेशन चाबहिलका संचालक कैलाश न्यौपानेले पनि ठुलो सहयोग गरेको रेग्मीले बताए । संस्थाका उपाध्यक्ष विरवल लामा, दिनेश प्रसाद भट्टराईबाट पनि उल्लेखित सहयोग गरेको अध्यक्ष रेग्मीले बताए ।

 रंगकर्मी तथा कलाकार भोला अधिकरी, भूमिनन्द नेपाल, रोज लामा, दिनेश खड्का, हैंसे होस्टे सामाजिक संस्था, वुद्ध एयरका सिनिएर अफिसर मदन कुमार शाही दैलेख वुद्ध एयरकै अर्का कमचारी मेघप्रसाद उपाध्याले पनि कपडा संकलन देखि हरेक किसिमका सहयोग गरेको रेग्मीले बताए । संस्थाले काठमाडौमा पहिलो चरणमा कपडा वितरण कार्यक्रम बाट धेरै नभए पनि शहरी गरिबीको कारण दुःख पाएका दिन दुःखीको सहयोग गरेकोमा आत्मा सन्तुष्टि लागेको रेग्मीले बताए । संस्थाले विगत चार वर्ष देखी गैर नाफामूलक सामाजिक कार्य गर्दै आएको । नेपालमा २०७२ सालमा आएको महाभूकम्पमा पनि विभिन्न किसिमका मानविय सहयता उपलब्ध गराएको संस्थाले हाल सम्म १०० जना महिला सिलाई कटाई, व्यूटिपालर, बेकरी आदी तालिम प्रदान गरेको जानकारी दिए ।
 संस्थाले कर्णली अञ्चलमा जति चिसो काठमाडौं र तराई मधेश भन्दा वढी हुने भएकोले त्यहा संस्थाले बढी सहयोग गर्नु पर्ने अध्यक्ष शान्तिदिप रेग्मीले वताए । संस्थाले ३०० जनालाई पुग्ने गरी जुम्ला जिल्लाको कुलालवाडा, हैता, सार्किवाडा मा न्यानो कपडा वितरणका लागी सोही ठाँउका स्थानीय समाजसेवी हरीशरण आचार्य लाई गंगबुको नयाँ वसपार्कबाट भाडा, बाटो खर्च समेत दिई वितरणको लागी कर्णली तर्फ ८ वोरा न्यानो कपडा पठाइएको छ । कर्णालीमा चीसोको कारण धेरै जनाको मृत्यु भएपनि राज्य वेखवर भएको अवस्थामा संस्थाले सानो भएपनि सहयोग स्वरुप न्यानो कपडा संकलन गरी सहयोग जुटाई गरीव कर्णलीवासीहरुको लागी न्यानो कपडा पठाएको जानकारी अध्यक्ष रेग्मीले दिए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget