Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

आगोपाटीको लागी कवि तथा लेखक अभिजीत दास सँगको कुराकानी ।



नाम : अभिजीत दास
जन्म मिती :  15 मे, 1979
ईमेलः poetavijeetdas@gmail.com
लेखकका बारे : अभिजीत दास काठमाडौँमा बसोवास गर्दै आएका एक कवि ,लेखक तथा शिक्षक हुन्।उनी कवि /
लेखका श्रीमती मञ्जुश्री मोहन्थी र परिचित डाक्टर रविन्द्रनाथ दासका कान्छा सुपूत्र हुन्। उनी विवाहित छन् र
उनको सानो परिवारमा छोरी आकाङ्क्षा कक्षा 2 मा अध्ययनरत छन् र पत्नी संगीता दास पुरस्कृत अङ्रेजी
भाषाकी शिक्षीका हुन्।उनी एक भावुक लेखक हुन्  र लेखाइ आफ्नो आवश्यकता ठान्छन् ।उनको लेख प्राचीन
शैलीले उत्प्रेत हुनका साथै दैनिक जीवनमा देखे-भोगेको घटना र व्यक्ति तथा वस्तुलाई आफ्नो साहित्यमा जीवन्त
तुल्याउन सक्छन्।

1)तपाईले कहिलेदेखि लेख्न थाल्नुभयो?
उत्तरःम विघ्यालय पढ्दा देखीनै आफ्नो आमा श्रिमती मञ्जुश्री मोहन्थि लाई प्रेरणाको स्रोत मानेर लेख्थे।
2)तपाईको आमाले तपाईलाई कसरी लेख्ने प्रेरणा दिनुभयो?
उत्तरःजब म विध्यालय जान बिहान छिटो उठ्थेँ अनि कहिलेकाँही जस्तै 5 बजे उठे भने आमा परिवारका अन्य
सदस्य (बाबु, ठूलो दाई र म) भन्दा छिटो उठिसक्नु भुएको हुन्थ्यो। उहाँ भावुक भएर लेखिरहेको हुनु हुन्थ्यो।
कहिले डायरी र कापीमा भने कहिले कागचका पानामा र कहिले टेलिफोन डायरीमा लेख्नु हुन्थयो। म धेरैजस्तो
उठ्ने बेलासम्म उहाँले एउटा कविता लेखिसक्नु  भएको हुन्थयो र हाम्रो टिफीन बक्स बनाउनु हुन्थ्यो।
3)तपाई बाल्यकालदेखी कुनै सिध्दान्त अनुसरण गर्नुहुन्यो?
उत्तरः म मध्यमवर्ग परिवारबाट आऐको हो।मेरा बाबु एक ईमान्दार चिकीत्सक हुनुहुन्छ र आमा गृहिणी हुनु
हुन्छ।मेरो बुबा धेरै जस्तो समय गरिब बिरामीको निःशुल्क उपचार गर्नु हुन्थ्यो। मेरो आमालाई घरको पैसाको
ब्यवस्थापन गर्न धेरै गाह्रो पर्थ्यो ।तर ठूलो हुँदै जाँदा म र मेरो दाईमा इमानदारिता ,कडा परिश्रमको भाव
आयो।मेरो आमा बाबुले धेरै संघर्ष र त्याग गर्नुभयो मेरो र मेरा दाजुको पढाईका लागी।हामी धेरै विलासी
नभएपनी माया र ममता सँधै बर्सिन्थ्यो र कहिल्यै कमी भएन। मेरा बाबुआमाले मलाई र मेरो दाजुलाई धर्म र
भक्ति वा वर्तमान परिस्थितीलाई बेवास्ता गर्दै समाजका सबैलाई माया र आदर गर्न सिकाउनुभयो। त्यसैले
हामीमा संसारमै माया र शान्ती फैलाउने इच्छा जाग्थ्यो।
4)तपाईको कविता र लेख केमा आधारित हुन्छ?
उत्तरः मेरो कविता र लेख प्रकृति ,प्रेम ,जीवनमा आधारित हुन्छ।मलाई यहि आशा छ कि मेरा लेखहरूले नयाँ
पुस्तालाई आफ्नो सपना पूरा गर्न प्रेरित गरोस। किनकि जीवनमा सपना पूरा गर्न कडा परिश्रम नगरे मुल्यवान्
हुँदैन।अर्को मेरा कृतिहरूबाट मलाई संसार सुन्दर धर्तीलाई जोगाउन सँगै लाग्नुपर्छ भन्ने लाग्छ। मलाई शिक्षाबारे लेख्न
पनि मनपर्छ र शिक्षाको महत्तव सबैभन्दा बढि समाजका गरिब र अति विपन्न वर्गलाई आवश्यकता हुन्छ जस्तो
लाग्छ।मलाई विश्व शान्तीका बारे लेख्न मनपर्छ।मेरो लागि मानवतानै धर्म हो र म सबै भगवानहरूलाई आदर
साथै प्रार्थना गर्छु।म मायामा विश्वास राख्छु र मानव -मानव शान्तीपूर्ण वातावरणमा मिलेर धर्म संसकृति
,देशभक्तिलाई अँगाल्दै सुन्दर संसारको चित्रण गर्छु।
5)तपाईका पहिला लेखिएका लेखहरू कता प्रकाशित छन्?
उत्तरः मेरा कविता र लेख विश्वव्यापी रूपमा प्रकाशित छन्।मेरा लेखहरू  विश्वका अनेक पुष्पावली, वेबसाईट र

पत्र पत्रिकामा प्रकाशित छन्।ति मध्ये उत्कृष्ट: Eastlit Magazine Journal, Word Wine – An Anthology of
Contemporary Poetry , Poem Hunter, Hall Of Poets Magazine,Yo Alfaaz र Aaduna Literary
Magazine रहेका छन्। मेरो कविता "sea shore"ले 'यूनिक अनर अफ बिइङ् फष्ट फोर पोयम इन अडुना
म्यागजीन' 1 अप्रिल 2017 सालमा अमेरिकाको न्यासनल पोयट्री मन्थको अवसरमा पायो। मेरो अर्को कविता
जुन अवदूल कलाम जी को नाममा रचना गरेको थिएँ, त्यसले Yo Alfaaz Poetry Competition मा प्रथम
स्थान हाँसिल गर्यो । मितिः 2016 मा मेरा कथाहरू वेबसाइटः My Story Club र Story Mirror मा प्रकाशित
छन्। मेरो पहिलो कविता सङग्रहः Soul and soltitude 2013 सालमा अनलाईन lulu.com मा प्रकाशित
भयो।अर्को कथा सङग्रह जुन मैले चारजना अरू लेखकहरूसँग लेखे "The Untold Diaries: Real Entries of
Five Different People" 2014 मा amazon.comमा छ।मेरो पहिलो उपन्यास " The Black Mask in
Thamel" जुन काठमाडौँमा आधारित छ 2015 सालमा लेखेको थिए र amazon.com मा छ।
6)तपाईलाई काठमाडौँमा भएका कुनै कविता/लेखसँग सम्बन्धित कार्यक्रमको सम्झना छ?
उत्तरः काठमाडौँ धेरै लेखक,कवि र सिर्जनशिल व्यक्तिहरूका लागी राम्रो ठाउँ छ तर यहाँ हरेक महिना त्यस्ता
कार्यक्रमहरू हुँदैनन्। मलाई मेरो पेशा असर नगर्नेगरी त्यस्ता कार्यक्रममा सहभागी हुन साह्रै मनपर्छ। म गेस्ट
पोयटका रूपमा Yatri 2.0 जुन Yatri ग्रुपले आयोजना गरेको थियो,त्यस कार्यक्रममा सहभागी भएँ।उक्त
कार्यक्रममा फोटोग्राफर कौशलराज सापकोटा ,कवि आलोक लम्साल ,गायक आलोक बाबु अधिकारीले आयोजना
गरेका थिए।त्यस कार्यक्रम विकल्प आर्ट सेन्टर पुलचोकमा भएको थियो।त्यसबाट सैँयौ मोतिबिन्दुका
रोगीहरूकालागी कोष खडा गरियो।रू 250000 जम्मा गरियो र "मेक मि सी" नामक प्रोजेक्ट र लहानको
सगरमाथा चौधरी आँखा अस्पतालमा दिइयो।यात्रीका कलाकारहरूले संगीत र कविता र चित्रकारीताको प्रदर्सन
गरे।कौशल सापकोटा कामहरू लेवनिज-अमेरिकन कवि खलील गीब्रान लाई समर्पित थियो।तिनदिन लामो त्यस
कार्यक्रममा गायक अङ्कीत बाबु अधिकारी सूफि उल्था गरे र गायिका स्नेहा योन्जनले "ज्याज" प्रदर्शन
गारिन्।मैले र कवि आलोक लम्सालले भावुक कविता वाचन गर्यौँ ।म त्यस कार्यक्रममा सहभागी हुन पाउँदा
अत्यन्त खुसी थिए।
7)तपाईलाई प्रेरणा दिने लेखक ,कविहरु को-को हुनुहुन्छ?
उत्तरः मलाई प्रेरणा दिने धेरै लेखक र कविहरु छन्। अङ्ग्रेचीमा अमेरिकी कवि सिल्भिया प्लाथ हुन्।म कलेजका
दिनदेखिनै उनलाई प्रेरणाको स्रोत मान्थे। म उनका कविता पढिरहन्छु र उनको उपन्यास "द बेल जार" एकदम
मनपर्छ। म महान पर्सियन कवि रूमीको दर्शनशास्त्रबाट प्रेरित छु।मलाई उनको भावुक कविता "द ईसेनसीयल
रूमी" एकदमै मनपर्छ।मलाई चिलीयन कवि प्याव्लो नेरूदा मनपर्छ।उनको किताव "ट्वान्टि लभ पोयमस् एणड
अ संङ अफ डिसपेर" मलाई सबसे मनपर्छ।उपन्यासकारमा नोबेल किताब बिजेता  अर्नेष्ट हेमिङवेको म ठूलो भक्त
हुँ। मलाई "The Old Man and the Sea " एकदमै मनपर्छ।
8)तपाईलाई कुन नेपाली र भारतीय लेखक मनपर्छ?
उत्तरःम महाकवि लक्ष्मीप्रसाद देवकोटाको ठ्लो भक्त हुँ।मैले उनको किताव "beggar poetry collection" पढेको
छु।मैले उनको कविता "पागल" हजारौँ चोटी पढ्न सक्छु त्यहिपनि हरेकपल्ट त्यसमा नयाँपनको अनुभूती गर्छु।
त्यस्तै रबिन्द्रनाथ टेगोर पनि मनपर्छ, मलाई "गीतान्जली" किताब मनपर्छ।साथै मलाई जयन्त महापाताको
कविताले आकर्षित गर्छ।उनका भावहरूले हरेक कविता प्रेमीको मन जित्छ। मलाई उनको किताव
"Relationships"बाट कविता पढ्न मनपर्छ।
उपन्यासमा मलाई नारायण वाग्लेको "पल्पसा क्याफे"मनपर्छ।झुम्पा लहिरी अर्कि लेखिका हुन जस्को "नेमसेक"
किताब पढेको छु।त्यसतै पारिजातको "The Blue Mimosa"एकदमै मुटु छुने उत्कृष्ट किताब हो र यो किताब
साहित्य जगतकै सबैभन्दा मनपर्ने किताब हो।
9)तपाईको कविता सङ्ग्रह "A Handful Of Shiulis"के को बारेमा हो?
उत्तरः सिहुली पारिजात फूल नेपाल र भारत दुवैमा पाइन्छ र सुगन्धमय , सुन्दर हुन्छ।म पारिजात फूलको
सुगन्ध र सुन्दरता  माझमा हुर्किएँ।त्यस्तै "A Handful Of Shiulis" मेरो प्रेम, आदर, प्रकृतिलाई गितीकाव्य
,माया, सम्बन्ध जस्ले जीवनलाई सुगन्धमय बनाउँछ त्यसलाई समर्पित छ।
10)क्लेर सङ्ग वर्ड हाउसका प्रकाशक र सम्पादक को हुन्?
उत्तरः क्लेर सङ्ग वर्ड हाउस न्यू ओर्क ,यू एस ए को प्रकाशकिय हाउस हो जस्ले मेरो किताब "  A Handful Of
Shiulis" प्रकाशन गर्यो। म एसियाबाट अन्तरराष्ट्रिय लेखकको रूपमा साइन गरे।
हेडि नाइटिङगेल CSPH कि सम्पादक र प्रकाशक हुन्।उनी प्रशंसित लेखिका हुन् साथै उनले पुरस्कारहरू पनि
जीतेकी छन्।उनी अहिले स्टेट यूनिभर्सिटि अफ न्यू ओर्क (SUNY)को इम्पायर स्टेट कलेजमा शिक्षिका रहेकी
छन्।2018 सालमा हेडिले बाल किताब "What Fragrance Is The Moon?"लेखिन्।उनको किताब "Bird
Vision" , "Tillable Soil" धेरै प्रसिद्ध छन् र संसार भरिका पाठकले पढ्छन्।उनले 80 स्कूलमा पठाउनका साथै
एलिमेन्टरी र मिडील हाई स्कूलमा पढाएकी छन्।15 वर्षदेखी उनी त्यहा चर्चित छन्।
अर्कि सम्पादक लौरा फ्रन्च विलियम हुन जो CSPH कि ढाईरेक्टर हुन्। उनले 20 वर्ष देखि कलाक्षेत्र ,ग्राफिक
डिजाइन र सानो व्यापार गर्दै आएकी छन्।
11)तपाईको किताब "A Handful Of Shiulis" कता पढ्न पाइन्छ?
उत्तरः जसले मेरो किताब पढ्न रोज्छ CSPH को अनलाइन वेबसाईटमा छ। एकदम कम प्रतिलिपी मसँग यहाँ
नेपालमा छ।यदि कसैलाओ पढ्न इच्छा भए मलाइ ई-मेल वा फोन नं मर्फत साईन्ड प्रतिलिपी जुटाउने छु।12)तपाई नयाँ लेखकहरूलाई के सल्लाह दिनुहुन्छ?
उत्तरःदैनिक रूपमा विवरण लेख्दै जानुहोस।कितावहरु पढ्दै जानुहोस।ठूलाठूला लेखकहरुले विश्वकै साहित्य
जगत्मा छाप पारेका छन्।अन्त्यमा कहिल्यै लेख्न नछोड्नु होस।यदी भित्रैबाट केहि कुरा चाह्यो भने आफ्नो
समय,उर्जा र जाँगर निकाल्नुहोस।त्यस्तैमा त्यो तपाईको कहिल्यै नछुट्ने राम्रो बानी बन्न पुग्छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget