Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

काली भन्या छैन भन्दै पुष्प र भावनाको अनस्क्रिन रोमान्स


काली भन्या छैन मैले....’ गीत सार्वजनिक भएको छ । मोडल पुष्प खड्का र भावना राईलाई फिचरिङ् गरिएको काली भन्या छैन मैले गीतको भिडियो सार्वजनिक भएको हो ।
हिमाल सागरले गाएको गीतको भिडियोमा मानिसले कतिपय अवस्थामा जानेर या नजानेर पनि गल्ती गर्ने गरेका हुन्छन् । यस्ता गल्तीहरु मान्छेले मान्छेलाई गर्ने सम्बोधनमा पनि हुने गरेका हुन्छन् । त्यस्तो सम्बोधनमा अर्को व्यक्तिले चासो लिएन भने त ठिकै हो तर अर्को व्यक्ति रिसाई दियो भने चाहीँ खुलेर स्पष्टीकरण नदिई सुखै पाईंदैन । यस्तै एउटा बाध्यताको सामना गरेको देखाउँन खोजिएको छ ।
व्यस्त गायक तथा सङगीतकार ताराबीर पाण्डेको सङ्गीत तथा सर्जक दिलीप घिमिरेको शब्दमा तयार गरिएको उक्त गीतको भिडियो ओएसआर डिजिटलको युट्युवबाट सार्वजनिक भएको छ । गीतको एरेञ्ज बिनोद रसाईंलीले गरेका हुन् । 
जनकराज अधिकारीको छायाँकनमा राघव आचार्यले निर्देशन गरेको भिडियोको सम्पादन तुलसी बाँस्कोटाले गरेका हुन् । अडियोको रेकर्डिङ सहित भिडियोको बजार व्यवस्थापन स्डुडियो यमनले गरेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget