Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मृगौला रोगी १२ वर्षीय बालकले सहयोगको याचना गरे

 दुवै मृगौलाले काम नगर्ने भएपछि सिन्धुपाल्चोकका एकजना मृगौला रोगी बालकले सहयोगको याचना गरेका छन् । इन्द्रावती गाउ“पालिका– २ कुडारेटोलका १२ वर्षीय सुवास गिरीको विगत २ महिनादेखि दुवै मृगौलाले काम नगर्ने भएको हो । आर्थिक अवस्था जिर्ण भएका कारण उनी उपचा
र अभावमा छटपटाइरहेका छ । घरको आर्थिक अवस्था कमजोर भएपछि  अहिले उनको उपचारमा समस्या देखा परेको छ । काठमाडौं जोरपाटीको बुद्धप्रकाश सेकेन्डरी स्कुलमा ५ कक्षामा अध्ययनरत मिर्गौला रोगी बालक गिरीको हाल सुमेरु अस्पतालमा उपचार भइरहेको छ । दुवै मृगौला खराब भएका गिरिको उपचारमा आर्थिक समस्या उत्पन्न भएपछि उनको परिवारले सहयोगको याचना गरिरहेका छन् । त्यति मात्र नभई उनको मृगौला फेल भइसकेपछि शरिरमा पानी जमेकाले उनलाई हिड्न बस्न र उठ्न निकै कष्ठ भईरहेको गिरिले बताए ।  हालसम्म मिर्गौला पीडितको उपचारमा ६ लाख रुपैया“ भन्दा बढी खर्च भइसकेको बाबु मेखबहादुरले बताए। उनको स्वस्थ्य स्थिति सुधारोन्मुख भएको भए पनि उपचारको लागि थप रकम आवश्यक पर्ने भएकोले सहयोगको अपिल गरिएको पीडितका बाबुको भनाई छ ।  गिरीलाई इन्द्रावती गाउँपालिका– २ घर भइ हाल वैदेशिक रोजगारीको सिलसिलामा मकाउको मिल्को रिसोर्ट अन्गर्तको क्यासिनो सिटी अफ ड्रिममा कार्यरत  श्याम शुभम गिरीले  ५१ हजार रुपैया“ आर्थिक सहयोग गरेका छन् । बालकको परिवारको आर्थिक अवस्था कमजोर भएकाले देश विदेशमा रहेका नेपाली सहयोगी मनहरुलाई सहयोगको अपिल गरिएको हो। बालकको उपचारका लागि सहयोग गर्न चाहनेले बाबु मेखबहादुर गिरीको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता न. १४२००६०५३६१० मा रकम जम्मा गर्न सक्नेछन्। बाबु मेखबहादुरको सम्पर्क नम्बर ९८५१२२५९७६०

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget