Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मार्शल आर्टका खेलाडी क्रान्ति क्रिमिनल अनुबन्धित


काठमाडौं । पछिल्लो समय एक्सन बहिरोको उदय भइरहेको छ । यसैक्रममा आएका छन् क्रान्ति बराइली । उनी मार्शल आर्टका खेलाडी समेत रहेका रहेका छन् । उनको दमदार एक्शन भूमिका रहने चलचित्र हो ‘क्रिमिनल’ जुन चलचित्र छायाँकनको क्रममा रहेको छ ।
उनले बिगतमा केही म्युजिक भिडियो र ‘कसूर’ नामक चलचित्रमा काम गरेका थिए । चलचित्र ‘क्रिमिनल’ मार्फत आशा लाग्दो नायकको उदय हुने भएको छ । जनमुक्ति सेना हुँदै चलचित्रको रङ्गीन पर्दामा स्थापीत हुन सङ्घर्षरत क्रान्ति बराईली मार्शल आर्टका खेलाडीमात्र नभएर राम्रा फुटबल खेलाडीको रुपमा पनि परिचित छन् । २०६४ सालमा सम्पन्न गणतान्त्रिक राष्ट्रिय फुटबल खेलमा उनले कोशी अञ्चलबाट सहभागी जनाएका थिए । सानै देखि कलाकारीता प्रति रुचि राख्दै आएका क्रान्ति बराईली आफ्नो ब्यवसायसँगैै कलाकारीतालाई पनि एक साथ अगाडी बढाउने सोचमा रहेका छन् । ‘कलाकार भएपछि जस्तो सुकै भूमिकालाई न्याय गर्न सक्नु नै सहिमानेमा कलाकार ठहरिन्छ जुन म गर्न सक्छु भन्ने कुरामा विश्वस्त छु ।’ उनले भने ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget